आज : २०२६-०७-०९, बिहीबार

विजयादशमीको टीकाको साइत

यसपालि विजयादशमीको मुख्य दिन अर्थात् टीका कात्तिक २ गते शुक्रबार परेको छ  । देवीको प्रसाद लगाउन बिहान ९ बजेर ५१ मिनेटको साइत जुरेको छ  ।

यो दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

यो मुख्य साइत भए पनि दसैं अवधिभरि जुनसुकै बेला मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन सकिने जनाइएको छ ।