News Portal

खोटाङमा निर्वाचन आचार संहिता उल्लंघन सम्बन्धि प-यो उजुरी

हिमालीसंचार संवाददाता
३२३ पटक

खोटाङ – खोटाङ जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन आचार संहिता उल्लंघन सम्वन्धी उजुरी परेको छ । आचारसंहिता उल्लंघन गरी चुनावी कार्यक्रम गरिएको सम्बन्धि उजुरी परेको हो।

नेकपा (माओवादी केन्द्र)का नेता जमानसेर राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका वडाध्यक्ष लिलाकुमार चौहानसहित १० जना विरुद्ध उजुरी दिएका हुन्।

नेता राईले दिएको उजुरीमा “अन्नपूर्ण माध्यामिक विधालय बन्द गराएर शिक्षक र विद्यार्थीलाई सहभागी गराउदै वडा कार्यालयको प्रांगणमा नेकपा (एमाले)को चुनावी कार्यक्रम गरेको भन्दै वडाध्यक्ष चौहान, वडासदस्य पदमकुमारी राई, लक्ष्मी बिक, हरिकुमार खत्री, फडिन्द्र श्रेष्ठ, अन्नपूर्ण माध्यामिक विधालयका प्रधानाध्यपक रेखादेबी बस्नेत, शिक्षक रामकुमारी राई, शिक्षक गोपाल राउल, श्यामकुमार फुयाल र शहरी स्वास्थ्य केन्द्रका अहेव सुशिला देउजा विरुद्ध उजुरी दिएका हुन्। 

नेकपा (एमाले)ले शिक्षकमार्फत चुनावी कार्यक्रम सञ्चालन गरेको उजुरीमा दावी गरिएको छ । नेकपा (एमाले)ले गत कात्तिक १८ गते दोर्पाचिउरीडाँडामा प्रदेशसभा (ख)का उम्मेदवार रामप्रसाद दंगाल, नेता दिपनारायण रिजाल, नेतृ उषाकला राई लगायतको उपस्थितिमा चुनावी कार्यक्रम गरेको थियो ।

यस्तै, खोटाङमा नेकपा (एमाले)का प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार विरुद्ध निर्वाचन आचार संहिता विपरित सामाजिक सञ्जाल मार्फत भ्रामक, कपोलकल्पित, वैयक्तिक लाञ्छनायुक्त एवं दुराग्रहपूर्ण प्रचार सामग्री राखेर प्रचार–प्रसार गरिएको भन्दै नेकपा (एमाले)का नेता देवबिक्रम राईले पनी उजुरी दिएका छन् । गत कात्तिक १५ गते दिइएको उजुरीमा ‘प्रमाणका लागि त्यस्ता सामग्रीहरुको छायाँप्रति निवेदनका साथ संलग्न गरिएको’ भनिए पनि व्यक्तिको नाम उल्लेख गरिएको छैन ।

उनले दिएको उजुरीका बारेमा छानविन भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उजुरी परेका हुदा थप छानविनका लागि निर्वाचन आयोग समक्ष सिफारिस गर्ने लगायतका प्रकृया अघि बढाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...