News Portal

बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि एपीएफले उचाल्यो

हिमालीसंचार संवाददाता
३९८ पटक

बेलबारी – मोरङको लक्ष्मीमार्गमा सम्पन्न पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि सशस्त्र प्रहरी बल एपीएफले हात पारेको छ ।

राजारानी क्लब धनकुटालाई बुधबार ०-१ गोल अन्तरले पराजित गर्दै  एपीएफ काठमाडौंले उपाधि उचालेको  हो। एपीएफका लागि खेलको ४८ औं मिनेटमा हरि कार्कीले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । धनकुटा राजारानीका गोलरक्षक पुजन होनाले रोक्ने क्रममा रिबाउण्ड भएको बललाई कार्कीले पोस्टमा दिशा दिएका एपीएफका लागि निर्णायक गोल गरेका थिए ।

प्रतियोगिताको विजेता एपीएफले नगद रू ८ लाख १ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्न सफल भयो। उपविजेता राजारानी क्लब धनकुटाले नगद  रू ४ लाख १ हजार  पुरस्कार प्राप्त गर्यो । खेलको म्यान अफ द म्याच गोलकर्ता हरि कार्की घोषित भए । उनले नगद पुरस्कारसहित ट्रफि हात पारे। 

वेष्ट गोल किपर  एपीएफका गोलरक्षक राजु नगरकोटी घोषित भए । खेलको वेष्ट  डिफ्रेन्स पिटर सैगुन, वेष्ट मिडफिल्डर मणि लामा एपिएफ, वेष्ट स्टाईकर बुद्घ चेम्जोङ राजारानी,  वेष्ट कोच सुदिप श्रेष्ठ सशस्त्र, राईजिङ प्लेयर कासिम राई आयोजक डाँगीहाट, हाईस्कोर फोडे फोफोना सहलेस सिराहा, सर्वोकृष्ट खेलाडी टोपबहादुर विष्ट सशस्त्र प्रहरीका घोषित भए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले रू २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५-१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई १० हजार रूपैयाँ पुरस्कार प्राप्त गरे । 

प्रतियोगितामा नेपालका ७ र विदेशका ३ गरी १० वटा टिम सहभागी खेलमा गत १५ गतेदेखि प्रतियोगिता सुरू भएको आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वास्तवा राईले हिमालीसंचारडटकमसंग बताए। प्रमुख अतिथि नगर प्रमुख दिलप्रसाद राईले डाँगीहाट यूथ क्लबले आयोजना गरेको मोफसलकै सर्वाधिक लोकप्रिय र बढी पुरस्कार राशिसहितको गोल्डकपले नगरको गरिमा बढाएको, खेल क्षेत्र र खेलाडीलाई अवसर र प्रोत्साहन प्रदान गरेको उल्लेख गरेका थिए। 

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...