News Portal

कर्जा लगानीमा गरिएको उच्च व्याज वृद्धिले व्यवसायी संकटमा : अध्यक्ष थापा

हिमालीसंचार संवाददाता
४९५ पटक

काठमाडौं – पछिल्ला दिनहरुमा स्वदेशमै रोजगारीका अवसरहरु प्रति आक्रषण बढ्दै गर्दा वित्तीय सहयात्रीको रुपमा रहेको बैंक तथा वित्तीय संस्थाहरुवाट तरलता अभावको नाममा कर्जा लगानी उपर गरिएको उच्च व्याज वृद्धिले साना- ठुला सवै व्यवशायीहरुमा निरासा पैदा भएको छ।

कोरोना महामारीले थिलो थिलो वनाएको उधोग व्यवशाय अब बचाउन सकिन्छ कि भनेर मेहनत गर्दै गर्दा लिएको कर्जाहरुमा व्याज सहुलियत दिएर व्यवसायीको मनोबल उच्च बनाउनु पर्नेमा यसरी व्याज दर लगभग दोब्बर वृद्धि हुदा कर्जा लिने सबैको निद हराम भएको छ। विगतको वर्षहरुको अनुपातमा व्यापार कम हुनु, संचालन खर्चहरु एक्कासि वढ्नु अनि लिएको कर्जाको व्याज पनि यसरी वृद्धि हुदा अब व्यवसाय टिकाउन मुस्किल हुन्छ।

यसको प्रत्यक्ष असर ग्यास व्यवशायमा पनि परेको छ। हाम्रो महासंघको केन्द्रीय कमिटी वैठकमा कर्जामा ब्याज यसरी नै रहिरहे अव कसरी व्यवसाय थेग्ने भनी सवैबाट चिन्ता प्रकट भएको थियो। वास्तवक मै मुलुकको अर्थतन्त्र चलाएमान वनाउन वैङ तथा वित्तीय सुविधाहरु मानव शरीरको रक्त संचार जस्तै हुन्छ। उपरोक्त सन्दर्भ राजनीति दल,नेपाल सरकार र मुलुकको अर्थतन्त्र प्रति सरोकार राख्ने अर्थ विज्ञहरुले समयमै सोचेर उचित समाधान निकाल्नु पर्ने देखिन्छ।

आउदो मंसिर ४ को चुनावमा यी र यस्ता विषयहरु राजनितीक दलको एजेन्डा नै वन्नु पर्छ भन्ने लागेको छ। मुलुक भित्र रहेका साना ठुला सबै लगानी कर्ताको मनोबल उच्च वनाउन सरकारसंग अनुरोध गरेको चन्द्र बहादुर थापाले हिमालीसंचारसंगकाे कुराकानीमा बताए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...