News Portal

कर्जा लगानीमा गरिएको उच्च व्याज वृद्धिले व्यवसायी संकटमा : अध्यक्ष थापा

हिमालीसंचार संवाददाता
४३० पटक

काठमाडौं – पछिल्ला दिनहरुमा स्वदेशमै रोजगारीका अवसरहरु प्रति आक्रषण बढ्दै गर्दा वित्तीय सहयात्रीको रुपमा रहेको बैंक तथा वित्तीय संस्थाहरुवाट तरलता अभावको नाममा कर्जा लगानी उपर गरिएको उच्च व्याज वृद्धिले साना- ठुला सवै व्यवशायीहरुमा निरासा पैदा भएको छ।

कोरोना महामारीले थिलो थिलो वनाएको उधोग व्यवशाय अब बचाउन सकिन्छ कि भनेर मेहनत गर्दै गर्दा लिएको कर्जाहरुमा व्याज सहुलियत दिएर व्यवसायीको मनोबल उच्च बनाउनु पर्नेमा यसरी व्याज दर लगभग दोब्बर वृद्धि हुदा कर्जा लिने सबैको निद हराम भएको छ। विगतको वर्षहरुको अनुपातमा व्यापार कम हुनु, संचालन खर्चहरु एक्कासि वढ्नु अनि लिएको कर्जाको व्याज पनि यसरी वृद्धि हुदा अब व्यवसाय टिकाउन मुस्किल हुन्छ।

यसको प्रत्यक्ष असर ग्यास व्यवशायमा पनि परेको छ। हाम्रो महासंघको केन्द्रीय कमिटी वैठकमा कर्जामा ब्याज यसरी नै रहिरहे अव कसरी व्यवसाय थेग्ने भनी सवैबाट चिन्ता प्रकट भएको थियो। वास्तवक मै मुलुकको अर्थतन्त्र चलाएमान वनाउन वैङ तथा वित्तीय सुविधाहरु मानव शरीरको रक्त संचार जस्तै हुन्छ। उपरोक्त सन्दर्भ राजनीति दल,नेपाल सरकार र मुलुकको अर्थतन्त्र प्रति सरोकार राख्ने अर्थ विज्ञहरुले समयमै सोचेर उचित समाधान निकाल्नु पर्ने देखिन्छ।

आउदो मंसिर ४ को चुनावमा यी र यस्ता विषयहरु राजनितीक दलको एजेन्डा नै वन्नु पर्छ भन्ने लागेको छ। मुलुक भित्र रहेका साना ठुला सबै लगानी कर्ताको मनोबल उच्च वनाउन सरकारसंग अनुरोध गरेको चन्द्र बहादुर थापाले हिमालीसंचारसंगकाे कुराकानीमा बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...