News Portal

सेवक अभियानको सरसफाई कार्यक्रम १०९औं हप्तामा प्रवेश, मेयर साम्पाङले अभियानमा सहयोग गर्ने प्रतिबद्धा (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३०८ पटक

धरान – धरान उपमहानगरपालिका धरानलाई क्लिन शहर बनाउने उदेश्यका साथ सेवक अभियानले शुरु गरिएको अभियान आज १०९ औं हप्ता पुरा गरेको छ। यस अभियानमा मेयर हर्क साम्पाङले हरेक सोमबार सहभागी भएर सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। 

सेवक अभियानले वाल्क फर हेल्थ भन्ने नाराका साथमा शुरु गरिएको अभियानमा मेयर साम्पाङ विहान ७ बजे अगावै धरान १४ स्थित पञ्चकन्य क्षेत्रमा पुगेर सरसफाई अभियानमा आफ्नो सहभागिता जनाएका थिए। धरान वडा नं. १४ स्थित एतिहासिक विजयपुरगढी क्षेत्रमा रहेको पञ्चकन्य मन्दिरदेखि विजयपुर दरबार क्षेत्रमा फालिएका पलाष्टिक लगायतका फोहोर संकलन गरिएको थियो । उक्त अभियानमा मन्दिर दर्शनका लागि आएका श्रदालु भक्तजनहरुले समेत सरसफाई अभियानमा सहभागी भएका थिए। 

सेवक अभियानले हरेक हप्ताको सोमबार एक धण्टा सरसफाई कार्यक्रम गर्दै आएको छ। जनतामा जाकरुकता ल्याउने उदेश्यका साथमा विशेष गरेर मन्दिर परिसर, सार्वजनिक स्थलहरुमा आफ्नो अभियान केन्द्रत राख्ने सेवक अभियानका अध्यक्ष राजीव हलुवाईले जनकारी दिए।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य शरिन तामाङको समेत उपस्थिति रहेको थियो। चुनावी अभियानमा रहेकी नेतृ तामाङले यो अभियानमा समेत आफ्नो सहभागिता जनाएकी हुन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...