News Portal

गायिका मेलिना राई र गायक सक्थिम योङ्याको “धरान शहर” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
२००४ पटक

धरान – चर्चित गायिका मेलिना राई र गायक सक्थिम  योङ्याको युगल आवाजमा रहेको पुर्वाञ्लको सुन्दर शहर धरानको पेरीफेरीमा रहेर रचना गरिएको गीत “लान्छु तिमीलाई धुमाउदै, धरान शहर” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

गीतकार विष्णु खजुमको शब्द रचना रहेको गीत पुर्वाञ्चलको सुन्दर शहर धरानको परिवेशमा रहेर रचना गरिएको गीतको संगीत समेत गायक योङ्याले नै संगीत गरेका हुन्। विगत लामो समयदेखि हङकङ आफ्नो कर्मथलो बनाउदै आएका प्रकाश लिम्बुले निर्माण गरेका गीतको म्युजिक भिडियो पुर्वाञ्चलको विभिन्न चर्चित पर्यटकीय स्थलहरुमा छायांकन गरिएको निर्देशक देवजंग थापाले जानकारी दिए। 

धनकुटा जिल्लाको पर्यटकीय स्थल थुम्की, भेडेटारको पाथीभरा र भेडेटारको मुख्य बजार क्षेत्र, मोरङ जिल्ला र सुनसरी जिल्लाको खदम खोलाको पुल हुदै धरानको धोपा क्याम्प परिसरमा छायांकन गरिएको गीत मिडिया कनेक्शन युटुव च्यानल मार्फत आज सार्वजनिक गरिएको हो। 

सार्वजनिक गीतको ऐरेन्ज, मिक्सिङ र मास्टरिङ चण्दु गोर्खालीले गरेका हुन् भने ओलवाइड काठमाडौ र हिमालय टोन हङकङमा रेकर्ड गरिएको हो। ड्रेसमा दावा गुन्जन कलेक्शन र आर स्वार कलेक्शन बुटिक धरानले प्रदान गरेका थिए। 

त्यस्तै, सृगारमा स्वास्तिका श्रेष्ठ, लाइटमा हर्क पहारी, रमेश पराजुली, राजु लामा, ड्रोनमा सन्जिब कोयी, निर्देशक र क्यामेरा देव जंग थापा, इसीसी स्टुडियो काठमाडौंमा प्राविधिक पक्षको सम्पूर्ण काम सम्पन्न गरिएको हो।  

चर्चित मोडल रेखा लिम्बु, योमन सोदेम्बा लिम्बुको मुख्य अभिनय रहेको म्युजिक भिडियोमा मोडल बादल चेम्जोङ र सुमन खेवाको समेत अभिनय रहेको छ। उक्त म्युजिक भिडियोमा गरिमा डान्स सेन्टर धरानका कलाकारहरुले कोरोसको भुमिका निर्वाह गरेको निर्देशक थापाले हिमालीसंचारडटकमलाई जानकारी दिए।

भिडियो यहा हेर्नुस् 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...