News Portal

धरान इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टले तीन हप्ते कलिनर वर्कसप तालिम दिने (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३८६ पटक

धरान – धरा उपमहानगरपालिका वडा नं. १८ स्थित धरान इन्टरनेशनल  कलेज अफ होटल म्यानेजमेन्टले आफ्ना विधार्थीका लागि तीन हप्ते कलिनरी तालिम प्रदान गर्ने भएको छ।

पूर्वाञ्चलको सुन्दर नगरी धरानमा विस २०७३ सालमा स्थापना गरिएको कलेजले होटल म्यानेजमेन्ट सम्बन्धि अध्ययनका अभाव खड्कीरहेको अबस्थामा स्वदेश तथा विदेशमा नै रोजगारीमूलक शिक्षा  र सिप प्रदान गर्ने उदेश्यले उक्त कलेज स्थापना गरिएको प्रमुख कार्यकारी निर्देशक लोकेन्द्र श्रेष्ठले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिए। 

उक्त कलेजले हालसम्म ३ सय ५० जना विधार्थीहरुलाई दीक्षित गरी सकेको छ। यस कलेजबाट दीक्षित विधार्थीहरु माल्दिभ्स, युएइ, चीन, माल्टा, पोर्चुगल, अष्ट्रेलिया लगायतका देशहरुमा हस्पिलाटी इन्डष्ट्रिजमा काम गरिरहेको समेत निर्देशक श्रेष्ठले जानाकरी दिए। हाल उक्त कलेजमा ४२ जना विधार्थीहरु अध्ययनरत छन्। 

कलेजले विधार्थीहरुलाई दक्ष र अनुभवि शिक्षक शिक्षिकाहरुबाट अध्ययन गराउदै आइरहेको बताएका निर्देशक श्रेष्ठले राम्रो सिप र शिक्षा दिनेमा आफ्नो ध्यान केन्द्रित रहेको बताए। आगामी २२ गते मंगलबारदेखि शुरु हुने वर्कसपमा ४२ जना विधार्थीहरु सहभागिता रहने छ। उनीहरुलाई स्वीजरल्याण्डका एक्जुकेटिभ सेफ गुनथर्ड नट्जले तालिम दिने निर्देशक श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए। 

कलेजले विधार्थीहरुलाई थप सिप र शिक्षाका लागि कलेजको तर्फबाट निशुल्क वर्कसप उपलब्ध गराएको हो। यस्ता वर्कसपका थप सिप र शिक्षा लिनका लागि विधार्थीहरु धरान बाहिर तथा विदेश नै जानु पर्ने हुन्छ। कलेजले यो तालिम यहि उपलब्ध गराएका हुन्। कलेजले बर्षमा २ पटक यस्ता वर्कसप संचालन गर्दै आएको छ। यसलाई कलेजले कोर्षमा नै सहभागिता गराएको छ।  

कलेजले प्रदान गर्ने १५ दिनको तालिम पश्चात एक हप्ता प्रयोगात्मक कार्यशाला गर्ने जनाएको छ। कार्यशालामा विधार्थीहरुले वर्कसपमा सिकेका कुराहरुलाई प्रयोगात्मक रुपमा प्रदर्शन गरिने बताइएको छ। विधार्थीद्वारा पकाएका परिकारहरु आमन्त्रित पाहुनाहरुलाई स्वाद चखाने कार्यक्रम रहेको कलिनरी वर्कसपका कार्यक्रम संयोजक सन्दिप वान्तावा राईले पत्रकारमा जानकारी दिए। 

उक्त प्रयोगात्मक कलिनरी वर्कसपका कार्यक्रम संयोजक राईका अनुसार प्रयोगात्मक कार्यशालामा सहभागि विधार्थीहरुलाई उनीहरुको स्केल हेरेर प्रशिक्षकले थप सल्लाह सुझाव सहित प्रमाण-पत्र समेत प्रदान गरिने जानकारी दिए । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...