News Portal

धरान-१६ नौलो बस्तिका लागि खानेपानी व्यवस्थित गर्ने, मेयर पार्कभित्र क्यानटिन खोल्ने (भिडियो सहित)

“मेयर साम्पाङले लागूऔषध दूर्व्यसनी विरुद्धको जनचेतना कार्यक्रम दिए निरन्तरता”

हिमालीसंचार संवाददाता
३४५ पटक

धरान – धरानका मेयर हर्क साम्पाङले प्रत्येक हप्ता नगरका कुनै न कुनै टोल, बस्ति वा वडाहरुमा लागूऔषध विरुद्धको जनचेतना मूलक कार्यक्रम आयोजना गर्दै आएका छन्। आज शुक्रबार साझ धरान-१६ नौलो बस्ति स्व. मेयर तारा सुब्बाको स्मृतिमा बनेको मेयर पार्क अगाडि लागूऔषध दुर्व्यसन विरुद्ध जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ।

मेयर साम्पाङले सर्दु, खर्दु र निशाने खोला छेउबाट बग्ने तामाखम् खोलाबाट ल्याइएको पाइप धरान-१३ स्थित स्वास्तिका चोक तलतिर काटेर धरान-१६ नौलो बस्तिका लागि खानेपानी व्यवस्था गर्न निर्देशन दिएको बताएका मेयर साम्पाङले आवश्यक पर्ने पाइप खरिद प्रक्रिया समेत शुरु गरेको बताए। तीन इन्चको पाइपबाट किसान पथ र संघर्ष चोकसम्म खानेपानी पु-याउने योजना रहेको बताएका मेयर साम्पाङले त्यसका लागि भोली वा पर्सीबाट काम शुरु हुने समेत जानकारी दिए।

त्यस्तै, स्व. मेयर तारा सुब्बाको स्मृतिमा निर्मित मेयर पार्क भित्र क्यानटिन बनाउने बताए। आन्तरिक पर्यटकका लागि सुविधा होस् भन्ने हेतुले पार्कभित्र क्याफ्टेरिया बनाउन लागेको मेयर साम्पाङले जानकारी दिए।

उनी निर्वाचित भएका हप्तादेखि नै लागूऔषध विरुद्धको कार्यक्रम शुरु गरेका मेयर साम्पाङले यस कार्यक्रमलाई आज पनी निरन्तरता दिएका हुन्। हरेक शुक्रबार लागूऔषध दूर्व्यासनी विरुद्धका कार्यक्रम मार्फत धरानमा सचेतना कार्यक्रमको शुरु गरेका मेयर साम्पाङले नगरका प्रत्येक टोल टोल पुग्छन् । हरेक वडाहरुमा गएर जनचेतना कार्यक्रमहरुमा सहभागिता जनाउदै आएका छन्।

आज आयोजित लागूऔषध विरुद्धको कार्यक्रममा पनी आफ्नो मौलिक भेषभूषा सहित प्ले कार्ड लिएर लाम लस्कर उभिएका अभियन्ताका विचमा प्रतिनिधिसभाका सदस्य तर्कबहादुर मगर र प्रदेशसभा सदस्य समिर तामाङ र हेमचन्द्र राई समेत सहभागि थिए।

मेयर साम्पाङले फेसबुक पेज मार्फत सूचना प्रवाह गरेर जनपरिचालन गरिरहेका हुन्छन्। फेसबुक पेजबाट नै सूचना जारी गरेर लोकप्रियताको उचाई चुमेका मेयर साम्पाङले पछिल्लो समय यहि कारण उनको लोकप्रियता खस्केको थियो। यो कार्यक्रमको सूचना समेत हिजो नै पोष्ट गरेका मेयर साम्पाङ निर्धारित समयमा पुगेका थिए । उनका रहेक पोस्टहरुमा ताली र गाली सराबरी हुन्छ। तर, उनी तालीले हौस्याउने र गालीले गलाउने पात्र पनि होइनन्। उनी अझै पनी अभियन्ताको रुपमा आफ्नो परिचय कायम राख्न चाहान्छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...