News Portal

धरान-१६ नौलो बस्तिका लागि खानेपानी व्यवस्थित गर्ने, मेयर पार्कभित्र क्यानटिन खोल्ने (भिडियो सहित)

“मेयर साम्पाङले लागूऔषध दूर्व्यसनी विरुद्धको जनचेतना कार्यक्रम दिए निरन्तरता”

हिमालीसंचार संवाददाता
३०४ पटक

धरान – धरानका मेयर हर्क साम्पाङले प्रत्येक हप्ता नगरका कुनै न कुनै टोल, बस्ति वा वडाहरुमा लागूऔषध विरुद्धको जनचेतना मूलक कार्यक्रम आयोजना गर्दै आएका छन्। आज शुक्रबार साझ धरान-१६ नौलो बस्ति स्व. मेयर तारा सुब्बाको स्मृतिमा बनेको मेयर पार्क अगाडि लागूऔषध दुर्व्यसन विरुद्ध जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ।

मेयर साम्पाङले सर्दु, खर्दु र निशाने खोला छेउबाट बग्ने तामाखम् खोलाबाट ल्याइएको पाइप धरान-१३ स्थित स्वास्तिका चोक तलतिर काटेर धरान-१६ नौलो बस्तिका लागि खानेपानी व्यवस्था गर्न निर्देशन दिएको बताएका मेयर साम्पाङले आवश्यक पर्ने पाइप खरिद प्रक्रिया समेत शुरु गरेको बताए। तीन इन्चको पाइपबाट किसान पथ र संघर्ष चोकसम्म खानेपानी पु-याउने योजना रहेको बताएका मेयर साम्पाङले त्यसका लागि भोली वा पर्सीबाट काम शुरु हुने समेत जानकारी दिए।

त्यस्तै, स्व. मेयर तारा सुब्बाको स्मृतिमा निर्मित मेयर पार्क भित्र क्यानटिन बनाउने बताए। आन्तरिक पर्यटकका लागि सुविधा होस् भन्ने हेतुले पार्कभित्र क्याफ्टेरिया बनाउन लागेको मेयर साम्पाङले जानकारी दिए।

उनी निर्वाचित भएका हप्तादेखि नै लागूऔषध विरुद्धको कार्यक्रम शुरु गरेका मेयर साम्पाङले यस कार्यक्रमलाई आज पनी निरन्तरता दिएका हुन्। हरेक शुक्रबार लागूऔषध दूर्व्यासनी विरुद्धका कार्यक्रम मार्फत धरानमा सचेतना कार्यक्रमको शुरु गरेका मेयर साम्पाङले नगरका प्रत्येक टोल टोल पुग्छन् । हरेक वडाहरुमा गएर जनचेतना कार्यक्रमहरुमा सहभागिता जनाउदै आएका छन्।

आज आयोजित लागूऔषध विरुद्धको कार्यक्रममा पनी आफ्नो मौलिक भेषभूषा सहित प्ले कार्ड लिएर लाम लस्कर उभिएका अभियन्ताका विचमा प्रतिनिधिसभाका सदस्य तर्कबहादुर मगर र प्रदेशसभा सदस्य समिर तामाङ र हेमचन्द्र राई समेत सहभागि थिए।

मेयर साम्पाङले फेसबुक पेज मार्फत सूचना प्रवाह गरेर जनपरिचालन गरिरहेका हुन्छन्। फेसबुक पेजबाट नै सूचना जारी गरेर लोकप्रियताको उचाई चुमेका मेयर साम्पाङले पछिल्लो समय यहि कारण उनको लोकप्रियता खस्केको थियो। यो कार्यक्रमको सूचना समेत हिजो नै पोष्ट गरेका मेयर साम्पाङ निर्धारित समयमा पुगेका थिए । उनका रहेक पोस्टहरुमा ताली र गाली सराबरी हुन्छ। तर, उनी तालीले हौस्याउने र गालीले गलाउने पात्र पनि होइनन्। उनी अझै पनी अभियन्ताको रुपमा आफ्नो परिचय कायम राख्न चाहान्छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...