News Portal

धरानका मेयर र वडाध्यक्षहरुबीच चल्यो दोहोरी, कार्यपालिकाको बैठक फेरी स्थगित (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३७६ पटक

धरान – धरान उपमहानगरपालिकाको आज नगर कार्यपालिकाको बैठक एजेन्डामा प्रवेश नै नगरि फेरी स्थगित भएको छ। अधिल्लो कार्यपालिका बैठकमा भएको विवादका विषयलाई लिएर वडाध्यक्षहरुले मेयर साम्पाङले सार्वजनिक रुपमा माफि माग्नु पर्ने भन्दै बैठकमा अडान राखेपछि मेयर र वडाध्यक्षहरुबीच लामो समय दोहोरी चलेको थियो। त्यहि बिवादका कारण आज पुन; कार्यपालिकाको बैठक स्थगित भएको हो। 

कार्यपालिका बैठकको औपचारिक शुरुवात गर्नका लागि मेयर हर्क साम्पाङले उपमेयर आइन्द्रविक्रम बेधालाई अनुरोध गरेसंगै वडा नं. १५ का वडाध्यक्ष नरेश इवारमले उठेर मेयर साम्पाङको अधिल्लो बैठकको अभिव्यक्ति आपती जनक रहेको बताउदै शुरु भएको दोहोरी अन्ततः मेयर साम्पाङले बैठक स्थगित गरेका थिए।

धरान नगरपालिकामा सचिव सहित ३१ जना सदस्य रहेको कार्यपालिकाको बैठकमा बैठकको गणपुरक संख्या सम्बन्धमा, अघिल्लो कार्यपालिका बैठकको निर्णयहरु कार्यन्वयनको समिक्षा सम्बन्धमा, धण्टाघर संचालन तथा  व्यवस्थापन सम्बन्धमा, इ-रिक्सा संचालन कार्यविधि २०७९ सम्बन्धमा, बाटोको नामाकरण तथा मापदण्ड सम्बन्धमा, सप्तरंगी पार्कलाई बहुसांस्कृतिक पार्क बनाउने सम्बन्धमा र आर्थिक सहयता सम्बन्धमा गरी सात वटा प्रमुख एजेन्डाहरु तय गरिएको थिए। 

त्यस्तै विविध (क) मा नगरभित्रका सहकारीहरुलाई व्यवस्थित गर्ने सम्बन्धमा (ख) कृषी क्षेत्र घोषणा सम्बन्धमा बैठकमा छलफल हुन लागेको थियो। तर, अघिल्लो बैठकको विषयलाई लिएर मेयर साम्पाङ र वडासदस्यहरुको आ-आफ्नै अडानका कारण बैठक स्थगित भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...