News Portal

धरानका मेयर र वडाध्यक्षहरुबीच चल्यो दोहोरी, कार्यपालिकाको बैठक फेरी स्थगित (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४१२ पटक

धरान – धरान उपमहानगरपालिकाको आज नगर कार्यपालिकाको बैठक एजेन्डामा प्रवेश नै नगरि फेरी स्थगित भएको छ। अधिल्लो कार्यपालिका बैठकमा भएको विवादका विषयलाई लिएर वडाध्यक्षहरुले मेयर साम्पाङले सार्वजनिक रुपमा माफि माग्नु पर्ने भन्दै बैठकमा अडान राखेपछि मेयर र वडाध्यक्षहरुबीच लामो समय दोहोरी चलेको थियो। त्यहि बिवादका कारण आज पुन; कार्यपालिकाको बैठक स्थगित भएको हो। 

कार्यपालिका बैठकको औपचारिक शुरुवात गर्नका लागि मेयर हर्क साम्पाङले उपमेयर आइन्द्रविक्रम बेधालाई अनुरोध गरेसंगै वडा नं. १५ का वडाध्यक्ष नरेश इवारमले उठेर मेयर साम्पाङको अधिल्लो बैठकको अभिव्यक्ति आपती जनक रहेको बताउदै शुरु भएको दोहोरी अन्ततः मेयर साम्पाङले बैठक स्थगित गरेका थिए।

धरान नगरपालिकामा सचिव सहित ३१ जना सदस्य रहेको कार्यपालिकाको बैठकमा बैठकको गणपुरक संख्या सम्बन्धमा, अघिल्लो कार्यपालिका बैठकको निर्णयहरु कार्यन्वयनको समिक्षा सम्बन्धमा, धण्टाघर संचालन तथा  व्यवस्थापन सम्बन्धमा, इ-रिक्सा संचालन कार्यविधि २०७९ सम्बन्धमा, बाटोको नामाकरण तथा मापदण्ड सम्बन्धमा, सप्तरंगी पार्कलाई बहुसांस्कृतिक पार्क बनाउने सम्बन्धमा र आर्थिक सहयता सम्बन्धमा गरी सात वटा प्रमुख एजेन्डाहरु तय गरिएको थिए। 

त्यस्तै विविध (क) मा नगरभित्रका सहकारीहरुलाई व्यवस्थित गर्ने सम्बन्धमा (ख) कृषी क्षेत्र घोषणा सम्बन्धमा बैठकमा छलफल हुन लागेको थियो। तर, अघिल्लो बैठकको विषयलाई लिएर मेयर साम्पाङ र वडासदस्यहरुको आ-आफ्नै अडानका कारण बैठक स्थगित भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...