News Portal

मेयर हर्क साम्पाङको अभियानले जुर्मुएको धरान, निरन्तर श्रमदानमा उत्साहित धराने जनता

हिमालीसंचार संवाददाता
२६६ पटक

धरान। धरानका मेयर हर्कराज राई (साम्पाङ)ले निरन्तर खस्रो टिकाटिप्पणी दिएका कारण सामाजिक सञ्जालमा तरंग पैदा गरिरहन्छन्। विशेष गरेर फेसबुक पेज मार्फत सूचना प्रवाह गरेर जनपरिचालन गरेका मेयर साम्पाङले पछिल्लो समय यहि कारण उनको लोकप्रियता खस्केको थियो। उनका रहेक पोस्टहरुमा ताली र गाली सराबरी मिश्रण हुन्छ। उनी तालीले हौस्याउने र गालीले गलाउने पात्र पनि होइनन्। तथापी उनी आफ्नै पाराको छन्।

उनी निर्वाचित भएका हप्तादेखि नै श्रम संस्कृतिको विकास शुरु गरेका मेयर साम्पाङले विजयको टिका सुक्न नपाउदै खानापानीको श्रोत पहिचानमा लागे। जनश्रमदान मार्फत नै उनले नगरमा अल्पकालिन खानेपानीको जोहो गरे। हरेक शुक्रबार लागूऔषध दूर्व्यासनी विरुद्धका कार्यक्रम मार्फत सचेतना कार्यक्रमको शुरु गरेका मेयर साम्पाङ नगरका प्रत्येक टोल टोल पुग्छन् र वडाहरुमा गएर जनचेतना कार्यक्रमहरुमा सहभागिता जनाउदै आएका छन्।

धरानका खहरे पाखाहरुमा बोट विरुवा रोप्न शुरु गरेका मेयर साम्पाङको अभियानमा विभिन्न जिल्लाहरुबाट समेत उल्लेख्य जनसहभागिता सहित विभिन्न संघसंस्थाहरुले ऐक्यबद्धता जाहेर गरे। नगरभित्रका केहि विधालयहरुले श्रमदान स्थलको अबलोकल गरे।

उनी कहिले सडक पेटी व्यवस्थापनका लागि सडक खनिरहेका हुन्छन् भने कहिले झाडु लिएर जनतालाई उत्साहित र प्रत्साहन गरीरहेका हुन्छन्। आज विहान समेत विहान ७ बजे धरान -१८ बुद्धचोकमा भेला हुन आह्वान गरेका मेयर साम्पाङले धनकुटे रोड हुदै भोटेपुलसम्मको सडक पेटी सरसफाई गरे। आज नै खत्रीधारामा खानेपानी ल्याउने कार्ययोजना रहेको छ।

हिजो साझ जनश्रमदानमा उनी भन्दै थिए। ‘मान्छे हाँस्नपर्ने रहेछ। हाँस्नका लागि कसरी हाँस्ने, कसरी खुसी हुने ? अहिले धरानका जनता हासेका छन्। यो पनी एक खालको विकास हो, उनी भन्छन्। यसको अलवा उनको कला–संस्कृतिप्रति पनि छुटै लगाव रहेको छ। कहिले काहि श्रमदानस्थलमै देशभक्ति गीत गाउदै जनता उत्साहित बनाउने उनको छुट्टै विशेषता समेत रहेको छ।

खानेपानीको दीर्घकालिन व्यावस्थापनका लागि अब संघर्ष हुन्छ। त्यो टनेल खन्न दिन्न। मेलम्चिको पानी जस्तो हुने उनको तर्क छ। म त्यति लामो समय मेयर रहदिन। त्यसैले चतरा हुदै कोशीको पानी आफ्नो कार्यकालमा धरान ल्याउने उनको दावी छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...