News Portal

  • मेयर हर्क साम्पाङको अभियानले जुर्मुएको धरान, निरन्तर श्रमदानमा उत्साहित धराने जनता

    हिमालीसंचार संवाददाता
    १८८ पटक

    धरान। धरानका मेयर हर्कराज राई (साम्पाङ)ले निरन्तर खस्रो टिकाटिप्पणी दिएका कारण सामाजिक सञ्जालमा तरंग पैदा गरिरहन्छन्। विशेष गरेर फेसबुक पेज मार्फत सूचना प्रवाह गरेर जनपरिचालन गरेका मेयर साम्पाङले पछिल्लो समय यहि कारण उनको लोकप्रियता खस्केको थियो। उनका रहेक पोस्टहरुमा ताली र गाली सराबरी मिश्रण हुन्छ। उनी तालीले हौस्याउने र गालीले गलाउने पात्र पनि होइनन्। तथापी उनी आफ्नै पाराको छन्।

    उनी निर्वाचित भएका हप्तादेखि नै श्रम संस्कृतिको विकास शुरु गरेका मेयर साम्पाङले विजयको टिका सुक्न नपाउदै खानापानीको श्रोत पहिचानमा लागे। जनश्रमदान मार्फत नै उनले नगरमा अल्पकालिन खानेपानीको जोहो गरे। हरेक शुक्रबार लागूऔषध दूर्व्यासनी विरुद्धका कार्यक्रम मार्फत सचेतना कार्यक्रमको शुरु गरेका मेयर साम्पाङ नगरका प्रत्येक टोल टोल पुग्छन् र वडाहरुमा गएर जनचेतना कार्यक्रमहरुमा सहभागिता जनाउदै आएका छन्।

    धरानका खहरे पाखाहरुमा बोट विरुवा रोप्न शुरु गरेका मेयर साम्पाङको अभियानमा विभिन्न जिल्लाहरुबाट समेत उल्लेख्य जनसहभागिता सहित विभिन्न संघसंस्थाहरुले ऐक्यबद्धता जाहेर गरे। नगरभित्रका केहि विधालयहरुले श्रमदान स्थलको अबलोकल गरे।

    उनी कहिले सडक पेटी व्यवस्थापनका लागि सडक खनिरहेका हुन्छन् भने कहिले झाडु लिएर जनतालाई उत्साहित र प्रत्साहन गरीरहेका हुन्छन्। आज विहान समेत विहान ७ बजे धरान -१८ बुद्धचोकमा भेला हुन आह्वान गरेका मेयर साम्पाङले धनकुटे रोड हुदै भोटेपुलसम्मको सडक पेटी सरसफाई गरे। आज नै खत्रीधारामा खानेपानी ल्याउने कार्ययोजना रहेको छ।

    हिजो साझ जनश्रमदानमा उनी भन्दै थिए। ‘मान्छे हाँस्नपर्ने रहेछ। हाँस्नका लागि कसरी हाँस्ने, कसरी खुसी हुने ? अहिले धरानका जनता हासेका छन्। यो पनी एक खालको विकास हो, उनी भन्छन्। यसको अलवा उनको कला–संस्कृतिप्रति पनि छुटै लगाव रहेको छ। कहिले काहि श्रमदानस्थलमै देशभक्ति गीत गाउदै जनता उत्साहित बनाउने उनको छुट्टै विशेषता समेत रहेको छ।

    खानेपानीको दीर्घकालिन व्यावस्थापनका लागि अब संघर्ष हुन्छ। त्यो टनेल खन्न दिन्न। मेलम्चिको पानी जस्तो हुने उनको तर्क छ। म त्यति लामो समय मेयर रहदिन। त्यसैले चतरा हुदै कोशीको पानी आफ्नो कार्यकालमा धरान ल्याउने उनको दावी छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...