News Portal

मकाउमा देउसी-भैलो खेल्दा संकलित रकमले कैलालीको “साहारा-घर” का अशक्त बृद्धाहरुलाई न्यानो कपडा वितरण (फोटो फिचर)

हिमालीसंचार संवाददाता
७६८ पटक

धरान – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा कार्यरत समाजसेवी गीता मगर शेर्पा र राजी शाह भट्टको नेतृत्वमा देउसी-भैलो कार्यक्रम २०७९ आयोजना गरी उक्त कार्यक्रममा उठेको रकम कैलालीको बोनिया स्थित “साहारा-घर” का बेवारीसे तथा फरक क्षमता भएका ११३ जना बुवा-आमा तथा बालबालिकाहरुलाई स्थानीय समाजसेवी लक्ष्मि बोगटी कुँवरको समन्वयमा न्यानो कपडा प्रदान गरिएको छ।

माकाउमा आयोजित देउसी-भैलो कार्यक्रममा शेर्पा समाज मकाउका अध्यक्ष ङवाङ ग्याल्जे शेर्पा, गुरुङ “तमु” समाज मकाउ सार चीनका अध्यक्ष लिलबहादुर गुरुङ (गोरा), किरात राई यायोक्खा मकाउका कार्यवाहक अध्यक्ष तथा युवा गायक केशव राई, किरात राई यायोक्खा मकाउका कोषाध्यक्ष आयुष राई, गायक ग्याबु शेर्पा, सामाजसेवी राजी शाह भट्ट-इश्वर भट्ट, दावा पासाङ शेर्पा, टिका भण्डारी-लेयोग केङ, शंखर-रंजिला लामा, विष्णुमाया, शाह देव खड्का, भीम गुरुङ, भाग्य-निरज थापामगर, हिमाल धिमिरे, राजेन्द्र श्रेष्ठ, हेनरी टंक विस्ट, देव कुवर, सुदिप क्षेत्री, एन्जल जाइन, विनोद सारा मगर, जानुका, सवी बडुवाल, जीवन भण्डारी, रामप्रसाद शर्मा, रुद्र घले, सचीन गुरुङ, सन्दीप सीतल पौडेल, सुवास-अमृता राई, शोभा गुरुङ, रेशम मगर, टिसेरिङ वालुङ, प्रकास बोगटी, सपना केसी, रुचाल अधिकारी, अमृत प्रजापति, पासनेरी शेर्पा, मोहन पन्त, हिसिला-विकास मगर, निराजन शाही, अर्च्युत बडाल, जीवनाथ घिमेरे, रमेश श्रेष्ठ, गोले छिरिङ, रमेश थापा, निराजन शाही, धनकाजी तामाङ र भीम-गीता मगर शेर्पा लगायत ४४ जनाको देउसी-भैलो टोलीले देउसी खेलेका थिए।

साहारा-घर कैलालीका ११३ जना बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन, मानसिक तथा शारीरिकरुपमा कमजोर, सडकआश्रीत मानवहरुलाई मकाउमा कार्यरत समाजसेवी शेर्पा र भट्टको नेतृत्वको देउसी-भैलो टोलीले न्यानो कपडा स्थानीय समाजसेवी कुँवरको समन्वयमा प्रदान गरिएको हो।  

कैलालीको बोनिया स्थित “साहारा-घर” विस २०७२ सालदेखि सामाजिक अभियन्ता डा. दलबहादुर विष्टले संचालनमा ल्याएका हुन्। साहारा-घरले बेवारिसे अबस्थामा भेटिएका व्यक्तिहरु, फरक क्षमताका कारण समाजमा अपहेलित बृद्धदेखि बालबालिकाहरुको स्याहार र संरक्षण गर्दै आएको स्थानीय समाजसेवी कुँवरले हिमालीसंचारडटकमसंग बताएकी छिन्। 

कैलालीको साहारा-घरले अहिलेसम्म १ हजार भन्दा धेरै बेवारिसे व्यक्तिहरुको उद्धार गरी सम्बन्धित परिवारको पहिचान गरी पारिवारिक मिलान गरेको सामाजिक अभियन्ता कुँवरले जानकारी दिए । साहारा-घर कैलालीका संचालक डा. विष्टको यो अभियानमा मकाउमा कार्यरत सहयोगी महानुभावहरुले थप उर्जा दिएको उनको भनाई थियो । 

विगद धेरै लामो समयदेखि नेपालका विभिन्न जिल्लाहरुमा आर्थिक, जिन्सी अन्य सहयोग गर्दै आएकी समाजसेवी गीता मगर शेर्पाको टोलीले यो बर्ष पनी कैलालीको साहारा-घरमा रहेका ११३ जना बेवारिसे बृद्धदेखि बालबालिकाहरुका लागि ४० हजारको न्यानो कपडा, ४ हजार रुपैया भाडा र ६ हजार बराबरको एक छाक मिस्ठान्न भोजनका लागि कुल रकम ५० हजार रुपैया प्राप्त भएको कुँवरले बताए।

प्रतिकृया दिनुहोस्

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...