
धरान – नेपालीहरुको दोस्रो महान् चाड तिहार यति बेला तपाई हाम्रो घर आँगनमा धुमिरहेको छ। तिहार भन्ने बित्तिकै चेलीमाईतीको सम्बन्धलाई प्रघाट बनाउने र चेलीले माइतीको दीर्घायूको कामना गर्ने चाडको रुपमा लिईन्छ। धरानमा गठीत सोदेल सेवा समाज धरानले देउसी-भैलो कार्यक्रमलाई निरन्तरता दिएको छ।
धरानमा संगठीत सोदेल सेवा समाज धरानले यो पटक तिहारमा देउसी-भैलो कार्यक्रम खेलेको हो। सोदेलबासीको प्रत्येक घरमा गएर देउसी खेल्न सम्भव नभएपछि समाजले निर्धारण गरेको घरमा गएर देउसी खेलेको हो।
खोटाङ जिल्लाको उत्तरीभेगमा रहेका तत्कालिन सुङदेल गाविस हाल नया संरचना अनुसार केपिलासगढी गाउपालिका वडा नं. ७ सुङदेलबाट हाल सुनसरी जिल्लाको धरानमा स्थायी बसोबास गरिरहेका सोदेलबासीले तिहारमा देउसी खेलेर चाडलाई रमाईलो गरेको हो।
गत चार बर्षदेखि समाजका अध्यक्ष रहेका गमबहादुर राई (कोयी) ले धरानमा हरेक बर्ष सोदेलबासीको टोलीले निर्धारित पोइट पोइटमा गएर देउसी भैलो खेल्दै आएको बताए। हामी आफै मिलेर चाडलाई रमाईलो गर्दै देउसी भैलो खेल्छौ। देउसीबाट संकलित रकमले धरानमा स्थापित भुम्याथानको संरक्षण, व्यबस्थापन र समाजका लागि खर्च गर्दै आएको बताए।
समाजका अध्यक्ष राईका अनुसार “देउसी भैलो कार्यक्रममा बच्चादेखि वृद्धसम्म सहभागी हुदै आएका छौं । यो बर्ष देउसी भैलोबाट संकलित केहि रकम रमाईलो गर्ने बाकी रकम संस्थामा बचत गर्ने समेत बताए। 