धादिङ–गंगाजमुना गाउँ पालिका फुलखर्क धादिङद्वारा ऐतिहासिक एवम प्रसिद्ध पर्यटकीय जमुना मन्दिर परिसरमा हरिवोधनी एकादशीको अवसरमा गङाजमुना माई मेला आयोजना गरिएको छ।
मिति २०७९ कातिक १७ गते हुने कार्यक्रमका मुख्य आकर्षण स्थानीय झाक्रि लामा नाच मेन्दोमाया तामाङ सेलो लाखे नाच चउरी घोडा नाच सोरठी नाच भजनमण्डली पञ्चेबाजाको साथमा स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहनेछ। गङाजमुना माईको मेलाकाे उपस्थिति हुन सम्पूर्ण भक्तजनहरुलाई गङाजमुना गाउँपालिका हार्दिक अनुरोध गर्दछ।
मिति – २०७९ कातिक १७
स्थान – गङाजमुना वडा नम्बर ५को मन्दिर परिसरमा
आयोजक आयोजक – गंगाजमुना गाउँ पालिका फुलखर्क धादिङ