News Portal

  • खण्डग्रास सूर्यग्रहण लागेको समयमा के गर्ने, के नगर्ने? (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ५७० पटक

    धरान – आज कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने सूर्यग्रहण लाग्ने भएको छ। आज दिउँसो ४:५२ बजे सूर्यलाई स्पर्श गर्ने भनिएको छ। 

    आज बेलुकी ५:२४ बजे सूर्यास्त हुने भएको हुदा नेपालबाट देख्न गाह्रो हुन सक्ने ज्योतिष आचार्य कमल नाथ निरौला बताउछन् । ग्रहणले बेलुकी करिब ६:४५ बजे छोड्ने भनिएको छ तर, नेपालबाट देख्ने सम्भावना न्यून रहेको उनको भनाई छ। शास्त्रीय मान्यताअनुसार सोमबार राति ४:५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको धार्मिक मान्यता रहेको ज्योतिष आचार्य निरौलाले जानकारी दिए ।

    यस्ता ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायतका कर्म गर्न शुभ रहने उनको भनाई छ। अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्यकर्म गर्न शुभ हुन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको उनले बताए। ग्रहणका समयमा सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी त्यो पनि सम्भव नभए घरमै स्नान गर्दा ग्रहणको समय कटौती हुने हुदा धार्मिक तथा व्यवहारिक दृश्टिकोणले समेत यस्तो कर्म गर्न उत्तम हुने उनको भनाई थियो । 

    नेपाल ज्योतिष परिषद् सुनसरी जिल्लाका पूर्व उपाध्यक्ष समेत रहेका ज्योतिष आचार्य निरौलले सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास रहेको बताए । यसै विश्वासअनुसार आज बिहान ४:५२ बजेदेखि भोजन गर्नु हुँदैन । ग्रहणका समयमा नित्य कर्म उत्तम हुने बताए । 

    त्यस्तै, सूर्यग्रहण लाग्दा कुनै पनी राशीका व्यक्तिले ग्रहण लागेको नहेरेको राम्रो हुने उनको भनाई रहेको थियो। ग्रहण हेर्नै पर्ने भएमा अत्याधुनिक चस्मा वा भाडामा पानी राखेर तल हेर्न उनको सुझाव रहेको थियो। यस्ता ग्रहण बर्षमा तीन पटकसम्म लाग्ने गरेको उनको भनाई थियो। अब १५ दिन पछि कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा सूर्य र शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्दै गरेको समेत जानकारी दिए। 

    ज्योतिष आचार्य निरौलाका अनुसार ग्रहणहरु तीन धण्टासम्म लाग्ने गरेको छ। आजको सूर्य ग्रहण दिउँसो ४:५२ बजेदेखि सूर्यलाई ग्रहणले स्पर्श गर्दै छ । ग्रहणकै अवस्थामा नेपालको आकासबाट बेलुकी ५:२४ बजे सूर्यास्त हुने भएको हुदा नेपालबाट करिब ३२ मिनेट ग्रहण देख्न सकिने छ । स्थानीय समय अनुसार बेलुकी करिब पौने ७ बजेसम्म ग्रहण रहने छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    ब्यबस्था धान्नेहरुको कु-कृत्य – कमला थापा

    २०८२ असार १८ गते। नेपालमा ब्यबस्था बारम्बार परिवर्तन भयो तर ब्यबस्था धान्नेहरुको कु-कृत्य कहिले परिवर्तन...

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनामा ६ महिनाको जेल

    बंगलादेश, असार १८ – बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको आरोपमा ६ महिनाको...

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवा–सुविधा फिर्ता, आजैदेखि कार्यान्वयनमा

    काठमाडौं, असार १८ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई उपलब्ध गराइएको सबै सरकारी सेवा तथा सुविधा...

    माओवादी केन्द्रको माग : निजामती सेवा विधेयकमाथि भएको षड्यन्त्रको गहिरो छानबिन होस्

    काठमाडौं, असार १८ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा विधेयकमाथि सुनियोजित रूपमा...

    ताप्लेजुङमा पहिरोले कटुवाल परिवारको घर पुरिँदा चार जना घाइते

    ताप्लेजुङ, असार १८ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा मंगलबार राति आएको भीषण पहिरोले एकै परिवारका...