News Portal

श्रीधनञ्जय गोत्रिय भण्डारी समाज नेपालको आठौं साधारणसभा सम्पन्न

हिमालीसंचार संवाददाता
३६० पटक

पोखरा। श्रीधनञ्जय गोत्रिय भण्डारी समाज नेपालको आठौं साधारणसभा पोखरामा सम्पन्न भएको छ। बार्षिक साधारणसभाको कार्यक्रम प्रमुख अथिति नेपाल सरकारका पुर्व सचिब कृष्णप्रसाद भण्डारीले दाजुभाइहरुको मित्रतासगँ राष्ट्रका हरेक कुराहरुमा जोडिएको बताउनुभयो। संस्कार र संस्कृतिलाई पनि भुल्नु हुदैन भन्दै भण्डारीहरुको इतिहासमा पनि राज्यलाई भण्डारीहरुले आबश्यक परेको बेलामा साथ दिएको र देश निर्माण र राष्ट्रियतामासमेत ठूलो योगदान दिएको बताउनु भयो।

संस्थाका पुर्ब अध्यक्ष केशवराज भण्डारीले बिगतमा आफुले गरेका कामहरुको स्मरण गर्दै आगामी दिनहरुमा संस्था झन सक्रियताका साथ अगाडि बढ्ने छ भन्ने पुर्ण आशा रहेको र सस्थाको उन्नतिको कामना ब्यक्त गर्नु भयो।

पर्यटन वोर्ड पोखराका प्रमुख काशीराज भण्डारीले धर्म सस्कार र सस्कृुति मठ मन्दिर तिर्थ स्थलहरु पर्यटन सग जोडिएको कुरा ब्यक्त गर्दैआफ्नो तर्फबाट गर्न सक्ने सहयोग साथ र रहिरहने बताउनुभयो।

कवि एबम लोक गायिका संस्थाका केन्द्रीय सदस्य मातृशक्ति परिचालन समितिको केन्द्रीय संयोजक अम्बिका भण्डारीले समाजमा हुने हरेक कुराहरुमा महिलाको भुमिका महत्त्वपूर्ण हुने बताउदै प्रकृतिले पनि महिलालाई शक्तिको रुप दिएको भन्दै आफुले महिलाहरुलाई सक्रिय बनाउनमा आफ्नो तनमन रहिरहने बताउदै गीत र कबितासमेत प्रस्तुत गर्नु भएको थियो।

पुर्व जनप्रतिनिधि सावित्री भण्डारीले महिलाहरु आफै सक्रिय भएर अगाडि बढ्नुपर्ने र महिलाहरुमा अब्बल क्षमता रहेको बताउनु भयो।

संस्थाका सल्लाहकार नारायण भण्डारी, खेतुलाल,
लेखक लक्ष्मण भण्डारी, होममणि भण्डारी, पुर्व उपाध्यक्ष घनश्याम भण्डारी, पूर्व कोषाध्यक्ष तथा हालका सल्लाहकार हरी भण्डारी, जनक भण्डारी, लगायतले शुभकामना सहितको मन्तब्य राख्नुभएको थियो। अन्य सहभागीहरूले प्रतिवेदनमाथि प्रतिक्रिया र सुझाव दिदै प्रतिवेदन पारित गरिएका थिए।

कार्यक्रममा माहसचिब सुर्य प्रसाद भण्डारी र कोषाध्यक्षको प्रतिबेदन कोषाध्यक्ष महेन्द्र भण्डारीले प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा यस बर्षमा बिजयी ३० भन्दा बढि जनप्रतिनिधिलाई सम्मान गरिएको थियो। दारेगाैडा पुजा समितिले स्वागत भजन पस्तुत गरेका थिए।

कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा उपाध्यक्ष पुष्प भण्डारीले स्वागत र महासचिब सुर्यप्रसाद भण्डारीले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो। यही ४ र ५ गते पोखरामा आयोजना गरिएको थियो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...