News Portal

लान्छु तिमीलाई धुमाउदै धरान शहरको म्युजिक भिडियो छायांकन सम्पन्न (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५९० पटक

धरान – चर्चित गायिका मेलिना राई र गायक साक्थेम योङ्याको युगल आवाजमा रहेको पुर्वाञ्लको सुन्दर शहर धरानको पेरीफेरीमा रहेर रचना गरिएको गीतको छायांकन “लान्छु तिमालाई धुमाउदै, धरान शहर” को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ।

गीतकार विष्णु खजुमको शब्द रचना रहेको गीत पुर्वाञ्चलको सुन्दर शहर धरानको परिवेशमा रहेर रचना गरिएको गीतको संगीत समेत गायक योङ्याले नै संगीत गरेका हुन्। विगत लामो समयदेखि हङकङ आफ्नो कर्मथलो बनाउदै आएका प्रकाश आङबुहाङले निर्माण गरेका गीतको म्युजिक भिडियो पुर्वाञ्चलको विभिन्न चर्चित पर्यटकीय स्थलहरुमा छायांकन सम्पन्न गरिएको निर्देशक देवजंग थापाले जानकारी दिए। 

धनकुटा जिल्लाको पर्यटकीय स्थल थुम्की, भेडेटारको पाथीभरा र भेडेटारको मुख्य बजार क्षेत्र, मोरङ जिल्ला र सुनसरी जिल्लाको खदम खोलाको पुल हुदै धरानको धोपा क्याम्प परिसरमा छायांकन गरिएको निर्देशक थापाले बताए । 

चर्चित मोडल रेखा लिम्बु, योमन सोदेम्बा लिम्बुको मुख्य अभिनय रहेको म्युजिक भिडियोमा मोडल बादल चेम्जोङ र सुमन खेवाको समेत अभिनय रहेको छ। उक्त म्युजिक भिडियोमा गरिमा डान्स सेन्टरका कलाकारहरुले कोरोसको भुमिका निर्वाह गरेको निर्देशक थापाले हिमालीसंचार डटकमलाई जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...