News Portal

झापाको दमक १० स्थित इद्रेणी तालमा खुल्ला इन्द्रेणी एडभेन्चर तिहार फेस्ट २०७९ उद्धघाटन 

हिमालीसंचार संवाददाता
२४२ पटक

झापा– झापाको दमक १० स्थित इद्रेणी तालमा सन्चालन हुन लागेको खुल्ला इन्द्रेणी एडभेन्चर तिहार फेस्ट २०७९ को आज आईतबारबाट बिधिवत रुपमा उद्धघाटन गरिएको छ । आयोजक इन्द्रेणी ताल संरक्षण समितिको आयोजनामा सन्चालन हुन गोइरहेको सो प्रतियोगिताको डायनामिक पब्लिक लाईब्रेरी दमकका अध्यक्ष तथा साससिक ब्याक्तित्व भेसराज न्यौपानेले एक कार्यक्रमका बिच उद्धघाटन गरे। पर्यटनको प्रबर्धन गरौ स्थानीय स्तरमा स्वरोजगार बनौ भन्ने उद्देश्यले आयोजना गरिएको सो प्रतियोगिताको उद्धघाटन कार्यक्रममा दमक १० वडा अध्यक्ष राजेन्द्र प्रसाद भण्डारीको विशेष उपस्थिती थियो ।

कार्यक्रमा दामक १० का पुर्व वडा अध्यक्ष बोधराज न्यौपाने, सामाजिक ब्याक्तित्व अम्बिका प्रसाद खनाल, दमक उधोग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले प्रतियोगिताको सफलता को शुभकाना ब्यक्त गरे । यसै गरि सो प्रतियोगितामा संचालन हुन लागेका बिभिन  खेलको सुनम ईङनाम,हेमन्त गोले र निङग्वा राईले खेलको नमुना प्रदर्शन गरेका थिए ।

प्रतियोगीता अन्तरगत बानाना ट्री रन,मङकी वाक, जिप लाइन लगायतका अन्य साहसिक तथा मनोरन्जननात्मक खेलहरु पनि सन्चालन गरिने आयोजक सस्था अध्यक्ष गोपाल राईले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख खर्च लाग्ने अनुमान आयोजकको रहेको राईले जानकारी दिए।

प्रतियोगिताको उद्घाटन आज गरिएको भएपनी प्रतियोगितात्मक खेलहरु भने आगामी मसिर १० गते देखि १४ गते सम्म सन्चालन गरिने आयोजकले जनाएको छ । यस अघिसम्म प्रतियोगितामा खेलाइने  खेलहरु  अभ्यास मा सन्चालन गरिने आयोजक इन्द्रेणी ताल संरक्षण समितिका सदस्य बिनोद न्यौपानेले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...