News Portal

झापाको दमक १० स्थित इद्रेणी तालमा खुल्ला इन्द्रेणी एडभेन्चर तिहार फेस्ट २०७९ उद्धघाटन 

हिमालीसंचार संवाददाता
२०९ पटक

झापा– झापाको दमक १० स्थित इद्रेणी तालमा सन्चालन हुन लागेको खुल्ला इन्द्रेणी एडभेन्चर तिहार फेस्ट २०७९ को आज आईतबारबाट बिधिवत रुपमा उद्धघाटन गरिएको छ । आयोजक इन्द्रेणी ताल संरक्षण समितिको आयोजनामा सन्चालन हुन गोइरहेको सो प्रतियोगिताको डायनामिक पब्लिक लाईब्रेरी दमकका अध्यक्ष तथा साससिक ब्याक्तित्व भेसराज न्यौपानेले एक कार्यक्रमका बिच उद्धघाटन गरे। पर्यटनको प्रबर्धन गरौ स्थानीय स्तरमा स्वरोजगार बनौ भन्ने उद्देश्यले आयोजना गरिएको सो प्रतियोगिताको उद्धघाटन कार्यक्रममा दमक १० वडा अध्यक्ष राजेन्द्र प्रसाद भण्डारीको विशेष उपस्थिती थियो ।

कार्यक्रमा दामक १० का पुर्व वडा अध्यक्ष बोधराज न्यौपाने, सामाजिक ब्याक्तित्व अम्बिका प्रसाद खनाल, दमक उधोग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले प्रतियोगिताको सफलता को शुभकाना ब्यक्त गरे । यसै गरि सो प्रतियोगितामा संचालन हुन लागेका बिभिन  खेलको सुनम ईङनाम,हेमन्त गोले र निङग्वा राईले खेलको नमुना प्रदर्शन गरेका थिए ।

प्रतियोगीता अन्तरगत बानाना ट्री रन,मङकी वाक, जिप लाइन लगायतका अन्य साहसिक तथा मनोरन्जननात्मक खेलहरु पनि सन्चालन गरिने आयोजक सस्था अध्यक्ष गोपाल राईले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख खर्च लाग्ने अनुमान आयोजकको रहेको राईले जानकारी दिए।

प्रतियोगिताको उद्घाटन आज गरिएको भएपनी प्रतियोगितात्मक खेलहरु भने आगामी मसिर १० गते देखि १४ गते सम्म सन्चालन गरिने आयोजकले जनाएको छ । यस अघिसम्म प्रतियोगितामा खेलाइने  खेलहरु  अभ्यास मा सन्चालन गरिने आयोजक इन्द्रेणी ताल संरक्षण समितिका सदस्य बिनोद न्यौपानेले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...