News Portal

दशैंपछि मन्त्रिमण्डल पुनर्गठन : महेश बस्नेत

हिमाली संचार संवाददाता
४९४ पटक

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी -नेकपा)का सांसद महेश बस्नेतले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर हुने र प्रधानमन्त्री सचिवालय पनि पुनर्गठन हुने दाबी गरेका छन् ।

रिपोर्टस क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा बस्नेतले भने, ‘अहिलेसम्मको समिक्षा गर्दा प्रधानमन्त्री केपीशर्मा ओली सफल हुनुभएको छ र, आगामी दिनमा पनि सफल हुनुहुन्छ । ७ महिनाको कार्यकालको समिक्षा स्वयम् प्रधानमन्त्रीले पनि गर्दै हुनुहुन्छ ।’

दशैंलगत्तै सरकारले केही लोकपि्रय कार्यक्रम ल्याउने उनको दाबी छ । बस्नेतले भने, ‘सरकारले केहीवितरणमुखी बजेट ल्याउनेछ । समग्रतामा चाहे त्यो प्रधानमन्त्रीको सचिवालयको पुनर्गठनको कुरा होस या मन्त्रिमण्डल पूर्नगठन गर्ने कुरा होस्, त्यसमा पनि ध्यान दिनेछ ।’

प्रधानमन्त्री ओलीले प्रदेश २ का जनताको भावना बुझेर संविधान संशोधन गर्ने कुरा गरेको उनले सुनाए । उनले सीके राउत र नेत्रविक्रमचन्द ‘विप्लव’का गतिविधिहरु एकदमै गलत भएको भन्दै उनले भने, ‘उनीहरुको गतिविधि एकदमै गलत छन् । र, कतिपय नेताहरुले उनीहरुलाई समर्थन गरेकोबारे समिक्षा गर्नुपर्छ ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...