News Portal

दशैंपछि मन्त्रिमण्डल पुनर्गठन : महेश बस्नेत

हिमाली संचार संवाददाता
५०९ पटक

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी -नेकपा)का सांसद महेश बस्नेतले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर हुने र प्रधानमन्त्री सचिवालय पनि पुनर्गठन हुने दाबी गरेका छन् ।

रिपोर्टस क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा बस्नेतले भने, ‘अहिलेसम्मको समिक्षा गर्दा प्रधानमन्त्री केपीशर्मा ओली सफल हुनुभएको छ र, आगामी दिनमा पनि सफल हुनुहुन्छ । ७ महिनाको कार्यकालको समिक्षा स्वयम् प्रधानमन्त्रीले पनि गर्दै हुनुहुन्छ ।’

दशैंलगत्तै सरकारले केही लोकपि्रय कार्यक्रम ल्याउने उनको दाबी छ । बस्नेतले भने, ‘सरकारले केहीवितरणमुखी बजेट ल्याउनेछ । समग्रतामा चाहे त्यो प्रधानमन्त्रीको सचिवालयको पुनर्गठनको कुरा होस या मन्त्रिमण्डल पूर्नगठन गर्ने कुरा होस्, त्यसमा पनि ध्यान दिनेछ ।’

प्रधानमन्त्री ओलीले प्रदेश २ का जनताको भावना बुझेर संविधान संशोधन गर्ने कुरा गरेको उनले सुनाए । उनले सीके राउत र नेत्रविक्रमचन्द ‘विप्लव’का गतिविधिहरु एकदमै गलत भएको भन्दै उनले भने, ‘उनीहरुको गतिविधि एकदमै गलत छन् । र, कतिपय नेताहरुले उनीहरुलाई समर्थन गरेकोबारे समिक्षा गर्नुपर्छ ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...