News Portal

तर्कबहादुर मगरले भालुखोला दोभानबाटै सुनाए आफ्नो प्रतिबद्धता, मतदान गर्न गरे अपील (भिडियो सहित)

हिमालीसंचार संवाददाता
२९९ पटक

धरान –  स्वतन्त्र नागरिक समाज धरान (हर्क साम्पाङ समूह) बाट सुनसरी क्षेत्र नं. १ मा आफ्नो उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार तर्कबहादुर मगरले धरान-१४ स्थित भालुखोला दोभानबाट आफ्नो प्रतिबद्धता सहित आफुलाई मतदान गर्न अपीर गरे।

“काम र विकासका लागि इमान्दारी, स्वतन्त्र युवाको उम्मेदवारी” भन्ने मूलनारा सहित उम्मेदवारी मनोनयन दर्ता गरेका मगरलाई निर्वाचन आयोगले चुनाव चिन्ह “पानीको जार” प्रदान गरेको छ। मेयर साम्पाङको तेस्रो परियोजनामा निरन्तर सहभागिता जनाउदै आएका अभियन्ता मगरले आफ्नो प्रतिबद्धता सहित मतदाता समक्ष श्रमदान स्थल भालुखोलाबाटै आफुलाई मतदान गर्न अपील गरेका हुन्। 

अभियन्ता मगर सहित सुनसरी क्षेत्र नं.१ प्रदेशसभा (क) र प्रदेश सभा (ख) उम्मेदवार सहितको टिमले निरन्तर सहयोग र सहभागिता जनाउदै आइरहेका छन्। उनको टिमलाई भालुखोला दोभान श्रमदान स्थलमै स्थानीय श्रमदाता शुभचिन्तकहरुले विजयको शुभकामना सहित खदा लगाई जीतको शुभेच्छा सहितको आसिर्बाद समेत दिदै आएका छन्। 

अभियन्ता मगरले सुनसरी क्षेत्र नं. १ क्षेत्रका खानेपानी तथा सिचाइको दीर्घकालीन समस्या समाधान लगायत २९ वटा महत्वपूर्ण प्रतिबद्धता सहित अभियानका क्रममा गरेका महत्वपूर्ण कामहरु वीपी अस्पताल सुधार सम्बन्धि आन्दोलन तथा धर्ना, स्वास्थ्य विमा सेवा सुचारु राख्न दबाब र आन्दोलन, धरानमा खानेपानी अनुगमन टिममा रहेर उपभोक्ता र बोर्ड कर्मचारीसंग समन्वय, बृक्षरोपन कार्यक्रम, भ्रष्टचार विरुद्ध अभियानमा सामुहिक सहकार्य, प्रोटोटाइप हाइड्रोपावर निर्माण, राष्ट्रधाती सम्झौता एमसीसी विरुद्धको आन्दोलन र निरन्तर श्रमदान अभियानमा श्रमदान गर्दै आइरहेको समेत स्मरण गराए। 

  

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...