News Portal

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध लेखकहरुद्धारा मुद्दा दायर

हिमाली संचार संवाददाता
६५२ पटक

एजेन्सी – साहित्यकाहरुको अन्तर्राष्ट्रिय संगठन ‘पेन’ को अमेरिकी इकाईले राष्ट्रपति डोडाल्ड ट्रम्ले आफ्ना आलोचक पत्रकार तथा सञ्चार संस्थालाई धम्काउन सरकारी संयन्त्र प्रयोग गरेको आरोप लगाउँदै त्यस विरुद्ध कानूनी उपचारका लागि अदालतमा मुद्दा दायर गरेका छन्।

दायर याचिकाले राष्ट्रपति ट्रम्पद्धारा अभिव्यक्ति स्वतन्त्रताको संरक्षक पहिलो संविधान संशोधन (फस्ट् अमेन्डमेन्ट) को उल्लंघन भएको आदेश जारी गर्न संघीय अदालतसमक्ष आग्रह गरेको छ।

‘राष्ट्रपति ट्रम्पको सञ्चारमाध्यम विरुद्धका कदमहरु नयाँ हैनन्’, याचिका अगाडि भन्छ, ‘झुटो समाचारको उनको आरोप प्राय हरेक दिन आउने गर्छ। ह्वाइट हाउसले व्यक्तिगतरुपमा पत्रकारहरुलाई सेवाबाट हटाउन काम गरेको मात्रै हैन राष्ट्रपतिले सञ्चारमाध्यमलाई अमेरिकी जनताको दुश्मनको रुपमा प्रस्तुत गर्दै आएका छन्।’

पेन अमेरिकाले सञ्चारकर्मीप्रति ह्वाइट हाउसको व्यवहारले ‘पत्रकारविरुद्ध दुश्मनी पूर्ण वातारण बन्न थालेको र उनीहरुले मृत्युको दम्की समेत व्यहोर्नु परेकोले राजनीतिक सभा कभर गर्न जादा सुरक्षाकर्मी लानु परेको अनि कार्यकक्षमै आक्रमण सामना गरेको’ उल्लेख गरेको छ।

उक्त संस्थाले सीमा नाघेको र आफ्नो अधिकार दुरुपयोग गर्दै सञ्चारलाई दण्डीत गरेको अवस्थामा राष्ट्रपतिको कार्यहरुलाई असंवैधानिक घोषित गर्न आग्रह गरेको छ।

‘ट्रम्पका धम्कीहरुले व्यक्तिगतरुपमा लेखकहरुलाई त्रस्त बनाउँदै आफ्ना लेखहरुबारे पुनर्विचार गर्न बाध्य बनाउन सक्ने छ ह्वाइट हाउसको खप्कीबाट बच्न’, पेन अमेरिकाले भनेको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...