आज : २०२६-०६-१२, शुक्रबार

सुमन कडरियाको “गजल”

समस्याले गाँज्यो जीवन सुर्ता अघोर लाग्दै छ
जति बुझ्यो जिन्दगानी उति कठोर लाग्दै छ

थुप्रिंदो छ अभिभारा टाउकामा जिन्दगीको
काटिएन ग्रह~दशा र त कमजोर लाग्दै छ

अश्रुपुरित नयनहरु परिभाषित छन् आफैमा
बगेका यी अश्रु ढिक्का नदी तमोर लाग्दै छ

निमोठियो हार्दिकता हरायो आफ्नोपना
संवेदना हराएको समाज फोहोर लाग्दै छ

गरिबहरु जानीजानी अस्मिता बेच्छन् यहाँ
जिन्दगी रछ्यान अनि गन्धा खोर लाग्दै छ

सुमन कडरिया
चितवन