News Portal

लाखे कात्तिक १८ मा रिलिज हुने

हिमालीसंचार संवाददाता
२७९ पटक

 काठमाडौं  मल्टिस्टारर सिनेमा लाखेको रिलिज पुन: एक हप्ता पोस्टपोन्ड भएको छ । यो सिनेमा अब आगामी कात्तिक १८ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुनेछ । सिनेमाले यसअघि सार्वजनिक टिजर र ट्रेलरले दर्शकमाझ सकारात्मक प्रभाव छोडेकाले पनि एक हप्ता पोस्टपोन्ड गरिएको निर्माण टिमले जनाएको छ ।

कात्तिक ११ मा महजोडी अभिनित महापुरुष पनि रिलिज हुने भएकाले २ सिनेमा एकसाथ रिलिज हुँदा शोदेखि हलसमेत बाँडिने भएकाले महजोडीलाई सम्मान गर्दै आफुहरु एक हप्ता पछाडी सरेको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बताए । हाल सिनेमाको निर्माण टिम सिनेमाको भव्य प्रचारको तयारीमा रहेको निर्देशक सम्राट बस्नेत बताउँछन् ।

सम्राट बस्नेत निर्देशीत सिनेमामा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् । सिजन अर्यालको कथा र निर्माण रहेको सिनेमाको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् ।

हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको सिनेमा सुजन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन रहेको सिनेमाका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ । ‘लाखे’ अर्जुन जिसीले सम्पादन गरेका हुन ।

औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको सिनेमाकोे पटकथा आकाश बरालले हुन भने संवाद लेखनमा उनलाई अनुप न्यौपाने सघाएका छन् ।

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...