
रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका ५ स्थित टकुवाको वडा कार्यालयले एक दिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । वडा कार्यालयले आफ्नै भवनमा निःशुल्क आँखा शिविर संचालन गरेको हो।
मोरङको विराटनगर आँखा अस्पताल, विराटनगर तथा नेपाल नेत्र ज्योती संघको सहयोगमा उक्त शिवर संचालन गरिएको वडाध्यक्ष युगेश्वर प्रसाद ठाकुरले हिामालीसंचारडटकमसंग बताए ।
शिविरमा सुनवर्सी नगरका वडा नम्बर ५, ६, ७ र ८ का बृद्ध-बृद्धा तथा बालबालिकाहरुले आँखा जाँच गराएका थिए। शिविरमा करिब २ सय जना सेवाग्राहीले आँखा परीक्षण गराएका थिए। उक्त शिविरमा ६० बर्ष माथिका वृद्धहरुको मोतिविन्दु समस्या देखिएको वडाध्यक्ष ठाकुरले बताए।
संचालित शिविरमा मोतिविन्दुको समस्या देखिएका सेवाग्राहीहरुको निःशुल्क सल्यक्रिया गरिदिने वडाध्यक्ष ठाकुरले बताए। उनीहरुको निःशुल्क उपचार हुन्छ। बिराट आँखा अस्पतालसंग सहकार्य रहेको समेत जानकारी दिए। उक्त शिविरमा वडाध्यक्ष ठाकुर, सदस्यहरु र महिला स्वयं सेविकाहरुको समेत सहभागिता रहेको थियो।