News Portal

धरानका मेयर हर्क साम्पाङले महानगरले ठेला खोसेका शर्मीलालाई एक महिनाको तलव सहयोग गर्ने घोषणा

हिमालीसंचार संवाददाता
३५८ पटक

धरान – धरान उपमहानगरपालिका धरानका मयेर हर्क साम्पाङले काठमाडौ महानगरले एक महिलाको ठेला खोसेको समाचार छ्याप छ्याप्ति भाइरल भएपछि धरानका मेयर साम्पाङले शुक्रबार साझ सामाजिक संजाल फेसबुक पेज मार्फत आफ्नो एक महिनाको तलव सहयोग गर्ने घोषणा गरेका छन् । 

हिजो करिब १२ः२० बजे विहिबार काठमाडौ महानगरका नगर प्रहरीले थापाथलीको प्रसुतिगृहको पूर्वी गेटबाट लमजुङ स्थायी घर भएकी ३४ बर्षीय शर्मीला तामाङलाई ठेलामा भएको सामान छरपस्ट पार्दै ठेला खाली गराएर काठमाडौ नगर प्रहरीले ठेला नियन्त्रणमा लिएको थियो। थापाथली स्थित नदी किनारमा रहेको पौरखी बस्तिमा आफ्नो फुपुसंगै टहरामा बस्दै आएकी शर्मीलाको नगर प्रहरीले ठेला नियन्त्रणमा लिएको हो। 

महानगर प्रहरीका अनुसार उहाँहरूलाई पटक-पटक सम्झाउँदा पनि सडकपेटी, फुटपात अतिक्रमण गर्न नछोडेपछि ठेला नियन्त्रणमा लिनु परेको बताए। नाङ्लो पसलबाट जीवन निर्वाह गर्दै आएकी शर्मीलालाई स्थानीय दलबहादुर कामीको सक्रियतामा प्रदान गरिएको ठेला नगर प्रहरीले नियन्त्रणमा लिएपछि उनको रोइलो भएको थियो। 

धरानका मेयर साम्पाङ लेख्छन् “यी बैनी को हुन् ? यिन्लाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु ! जय मान्छे !” मेयर साम्पाङले स्टाटस लेख्ने वित्तिकै 39.9K लाइक, 6.1K  कमेन र 1.2K सेयर गरिएको छन।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...