News Portal

मेयर साम्पाङको अभियानमा वडाध्यक्षहरुको सपोर्ट, तेस्रो परियोजना भालुखोलामा शुरु (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३४३ पटक

धरान – धरानका मेयर हर्क साम्पाङले तेस्रो परियोजना धरान-४ र धरान-१४ हुदै बग्ने भालुखोला दोभानबाट धरान वडा नं. १५ का लागि लक्षित गरी खानेपानीको परियोजना जनश्रमदान मार्फत आजबाट शुभारम्भ गरिएको छ।

मेयर साम्पाङले जनश्रमदान मार्फत नै वडा नं. १५ का लागि शिवजट्टाको मुहानबाट खानेपानी ल्याउने बताउदै आएका थिए। पछिल्लो समय स्थानीय उपभोक्ता र स्थानीयबासीको अवरोधका कारण हिजो विहिबारदेखि शुरुवात गर्ने भनिएको खानेपानीको काम धरान -१३ स्थित बेसक्याममा अवरोध भएपछि नगरप्रमुखको कार्यकक्षमा भएको सहमति अनुसार आज भालुखोला दोभानबाट खानेपानीको काम शुरु भएको हो। 

आज शुरु भएको जनश्रमदानमा वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले समेत आफ्नो सहभागिता जनाएका थिए। उनले आफ्नो वडाका वडाबासीहरुलाई समेत जनश्रमदानमा सहभागि भइदिन हुन आग्रह गरे। हिजो नगर प्रमुखको कार्यकक्षमा भएको सहमति पश्चात वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राई र वडा नं. १४ का वडाध्यक्ष भट्टराईले जनश्रमदानमा सधाउने प्रतिवद्धता जनाएका थिए। उनले आफ्नो वडामा समेत खानेपानीको समस्या रहेको बताए। 

मेयर साम्पाङले पहिलो र दोस्रो परियोजनाबाट नगरलाई विजुलीको खर्चमा ठुलो राहत मिलेको बताउदै अब यो परियोजना सफल भएपछि अझ राहत हुने विश्वास व्यक्त गरे। उनले यो परियोजना चाडो सम्पन्न गर्ने समेत बताए।

प्रतिकृया दिनुहोस्

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...