News Portal

खोटाङको केपिलासगढी गाउँपालिकाले विजेता खेलाडिहरुलाई पुरस्कृत गर्ने

दुइ स्वर्ण पदक सहित रजत पदक विजेता खेलाडीलाई सम्मान

हिमालीसंचार संवाददाता
३८२ पटक

बाक्सिला – खोटाङको केपिलासगढी गाउँपालिकाले नवौं राष्ट्रिय खेलकूद अन्तर्गत प्रदेश स्तरीय छनौट खेलमा विजयी भएका खेलाडीहरुलाई पुरस्कृत गर्ने भएको छ।

प्रदेश स्तरीय खेलमा छनौट भएका विभिन्न विधाका खेलाडीहरुलाई पालिकाले स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरुलाई पुरस्कृत गर्ने भएको हो। 

केपिलासगढी गाउँपालिका वडा नं. ४ बाक्सिलाकी दीर्पा बस्नेतले एथलेटिक्स र वडा नं. ५ सप्तेश्वरका मोहन राईले तेक्वान्दोमा स्वर्ण पदक प्राप्त गरेका थिए। त्यस्तै वडा नं. ४ बाक्सिलाको नवीन राईले किङ फाईटमा र महिला भलिबल तर्फ वडा नं. ७ सुङदेलकी शिखा कोयी राई, वडा नं. ७ दिप्सुङकी रंगना राई, अनुकला राई र वडा नं. ४ बाक्सिलाकी विनिता राईले क्रमश रजत पदक प्राप्त गरेका छन्। 

त्यस्तै, तेक्वान्दो तर्फ वडा नं. ४ बाक्सिलाको विवेक राई, रेजीना राई र समला राईले क्रमश रजत पदक प्राप्त गरेका छन्। नवौं राष्ट्रिय खेलका लागि प्रदेश सरकारले प्रदेश स्तरीय खेलाडी छनौट गत भदौ १६ गतेदेखि ३० गतेसम्म प्रदेशका विभिन्न जिल्लाहरुमा खेलाडी छनौट गरेका थिए। 

प्रदेश स्तरीय छनौट खेलमा विभिन्न विधामा विजयी भएका गाउँपालिकाभित्रका खेलाडीहरुलाई चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार पुरस्कृत गर्ने तयारी गरिएको गाउँपालिका श्रोतले हिमालीसंचारडटकमसंग बताए।

श्रोतका अनुसार विजयी खेलाडीहरुलाई कार्यक्रमको अवसर पारेर पुरस्कृत गर्न बताए । पालिकाले खेलकूद क्षेत्रका समग्र विकास र खेलाडिहरुको उच्चमनोबल एवम् प्रोत्साहन स्वरुप पालिकाले नीति तथा कार्यक्रम अन्तरगत पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...