News Portal

रामेछापमा यात्रुवाहक बस दुर्घटना तेह्र जना घाइते एक जनाको अवस्था गम्भीर

हिमालीसंचार संवाददाता
१९६ पटक

पुष्कर खड्का/रामेछाप – रामेछापको खाँडादेवी गाउँपालिका भिरपानीमा यात्रुवाहक बस दुर्घटना हुदा १३ जना घाइते भएका छन् भने १ जनाको अबस्था गम्भीर भएको छ।

खाँडादेवी गाउँपालिका वडा नं ७ पात्लेबाट काठमाण्डौका लागि छुटेको बा ३ ख ४०४८ नम्बरको सुन्दरीमाई यातायातको यात्रुवाहक बस खाँडादेवी गाउँपालिका-३ गुन्डुखोला भन्ने स्थानमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् 

बस दुर्घटनामा परी घाइते हुनेहरुमा खाँडादेवी वडा नं ७ पात्लेका ३४ वर्षीय युबराज तामाङ, २ ९ वर्षीय अजय तामाङ, २७ वर्षीय सुस्मिता तामाङ, २३ वर्षीया रस्मि तामाङ, १८ वर्षीया सपना तामाङ, ३० वर्षीय रमेश तामाङ, हातमा चोट सामान्य २४ वर्षीया बास्ना घिसिङ, २४ वर्षीय बिकाश तामाङ , ३३ वर्षीय श्याम लामा, ४२ वर्षीया रिता घिसिङ, खाँडादेवि ३ की १५ वर्षीया प्रेरणा श्रेष्ठ, खाँडादेवि ७ की २८ वर्षीया सुमित्रा कार्की र २८ वर्षीय धनराज तामाङ घाइते भएको रामेछाप प्रहरीले जनाएको छ ।

रामेछाप प्रहरीले दिएको जानकारी अनुसार बस दुर्घटनामा परी घाइते भएकाहरुको काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार थिङले जानकारी दिए। उनले दिएको जानकारी अनुसार घाइते १३ जना मध्ये रिता घिसिङको अवस्था भन्ने गम्भिर रहेको बताए । घटनाको थप विवरण आउन बाकी रहेको रामेछाप प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...