News Portal

हरेक परिवर्तन उपलब्धीमूलक नहुने : पूर्वराजा ज्ञानेन्द्र शाह

हिमाली संचार संवाददाता
६९१ पटक

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले हरेक उपलब्धी परिवर्तन भएपनि हरेक परिवर्तन उपलब्धीमूलक नहुने कुरा पुष्टि हुँदै गएको बताएका छन् ।

राजतन्त्रको अन्त्यपछि देशमा गणतन्त्र आएको सन्दर्भमा अपेक्षाकृत सुधार नदेखिएकोतर्फ संकेत गर्दै पूर्वराजा शाहले पछिल्लो परिवर्तन उपलब्धीमूलक नभएको दावी गरेका छन् ।

शाहले मंगलबार एक शुभकामना सन्देश जारी गर्दै देश भित्र र देश बाहिर रहे बसेका सबै नेपालीहरुमा शान्ति, सुख र समृद्धिको कामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा शाहले राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीका कारण देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा आइपुगेका उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘हरेक उपलव्धीहरू परिवर्तन हुन् तर हरेक परिवर्तनहरू उपलव्धिमूलक बन्न सक्दारहेनछन् भन्ने पुष्टि विद्यमान अवस्थाले देखाइरहेको छ । आज नेपालीबीचको सामाजिक सद्भाव मेटिँदैछ भने तराई, पहाड र हिमाल माझको एक्यभाव तोड्ने भगिरथ प्रयत्न समेत भइरहेको छ । अब समीक्षा र आत्ममूल्यांकनको घडी आएको छ ।’

उनले अब आफैलाई साक्षी राखेर देश र देशबासीका पक्षमा केही गर्ने प्रण गर्न आह्वान समेत शुभकामना सन्देशमार्फत् गरेका छन् ।

यस्तो छ शुभकामना सन्देश :-

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...