News Portal

हरेक परिवर्तन उपलब्धीमूलक नहुने : पूर्वराजा ज्ञानेन्द्र शाह

हिमाली संचार संवाददाता
७५० पटक

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले हरेक उपलब्धी परिवर्तन भएपनि हरेक परिवर्तन उपलब्धीमूलक नहुने कुरा पुष्टि हुँदै गएको बताएका छन् ।

राजतन्त्रको अन्त्यपछि देशमा गणतन्त्र आएको सन्दर्भमा अपेक्षाकृत सुधार नदेखिएकोतर्फ संकेत गर्दै पूर्वराजा शाहले पछिल्लो परिवर्तन उपलब्धीमूलक नभएको दावी गरेका छन् ।

शाहले मंगलबार एक शुभकामना सन्देश जारी गर्दै देश भित्र र देश बाहिर रहे बसेका सबै नेपालीहरुमा शान्ति, सुख र समृद्धिको कामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा शाहले राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीका कारण देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा आइपुगेका उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘हरेक उपलव्धीहरू परिवर्तन हुन् तर हरेक परिवर्तनहरू उपलव्धिमूलक बन्न सक्दारहेनछन् भन्ने पुष्टि विद्यमान अवस्थाले देखाइरहेको छ । आज नेपालीबीचको सामाजिक सद्भाव मेटिँदैछ भने तराई, पहाड र हिमाल माझको एक्यभाव तोड्ने भगिरथ प्रयत्न समेत भइरहेको छ । अब समीक्षा र आत्ममूल्यांकनको घडी आएको छ ।’

उनले अब आफैलाई साक्षी राखेर देश र देशबासीका पक्षमा केही गर्ने प्रण गर्न आह्वान समेत शुभकामना सन्देशमार्फत् गरेका छन् ।

यस्तो छ शुभकामना सन्देश :-

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...