
काठमाडौं – बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज बिहान साढे १० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिन साथ प्रहरीले लामिछानेलाई विमानस्थलबाटै पक्राउ गरेको छ।
नेपाल आउने जानकारी पाएपछि प्रहरीको भ्यानसहित पक्राउ गर्न प्रहरी अधिकारीहरु विमानस्थलमा तैनाथ थिए । उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । उनी विरुद्ध नेपाल प्रहरीको आग्रहानुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस समेत जारी गरेको थियो ।
उनले सामाजिक सञ्जालमार्फत आज नेपाल फर्किएर आफूमाथि लागेको झुटो आरोपविरुद्ध लड्ने बताएका थिए । आफू निर्दोष रहेको बताएका लामिछानेले नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत बताएका थिए।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
