आज : २०२६-०९-२०, आइतबार

टिका शुभसाइत ११ बजेर ५१ मिनेटमा उत्तम समय, अन्य देशहरुको सूची सहित

काठमाडौं – विजया दशमीमा टीका लगाउने शुभ साइत ११ बजेर ५१ मिनेटलाई उत्तम समय अन्तराष्ट्रिय पञ्चांग निर्णय समिति डिल्लिबजार काठमाडौंले विश्वका विभिन्न स्थानका समय तालिका सहित शुभ साइत सार्वजनिक गरेको छ।

विजया दशमीको शुभ साइत नेपाल लगायत विश्वका विभिन्न स्थानका समय तालिका सहित विशेष गरेर सनातन धर्मावलम्बीहरूको लागि टीकाको साइत कति बेला उत्तम छ भनेर अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले एक तालिका सूचि सहित सार्वजनिक गरेको हो ।

​नेपाल लगायत विश्वका विभिन्न देशहरुमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूले विजया दशमीको टीकाको साइतबारे जिज्ञासा राखेकोले स्थानीय समयसहित आफूहरूले साइतबारे जानकारी दिएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।