News Portal

  • ताप्लेजुङ र इलामको जंगलमा प्रहरीको ‘सर्च एण्ड स्वीप’ अपरेशन, एक जना पक्राउ

    हिमालीसंचार संवाददाता
    २३९ पटक

    अविन माबो/झापा – हिजो सोमबार ताप्लेजुङको फुङलिङ बजारमा रहेको आईएमई लुटपाट गरी फरार लुटेराहरुलाई खोज्न प्रहरीले रातभर ताप्लेजुङ र इलामको जंगलमा सर्च एण्ड स्वीप अपरेसन चलाउदा एक जना लुटेरा प्रहरीले पक्राउ गरेको छ। 

    प्रहरीका अनुसार चारजनाको समूहमा आएका लुटेराहरूले सोमबार बिहान फुङलिङ बजारमा रहेको कञ्चन मनी ट्रान्सफर नामक आईएमई सेन्टरबाट नगद र सुन लुटपाट गरेका थिए । लुटपाटमा संलग्नमध्ये एकजनालाई सोमबार दिउँसो फुङलिङ नजिकैको जंगलबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरीले जंगलमा अपरेसन चलाउँदा उनी दुईपटक लुक्न सफल भएका थिए। स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले जंगलमा तेस्रो पटक सर्च अपरेसन चलाउँदा बुट्यान मुनी लुकिरहेको अवस्थामा प्रहरीले लुटेरालाई पक्राउ गरेको हो। 

    प्रदेश नम्बर १ का डिआइजी सुदीप गिरीका अनुसार प्रहरीको तीनवटा टोलीले सोमबार रातभर जंगलमा सर्च अपरेसन चलाएको थिए । अझै प्रहरीले त्यस क्षेत्रमा अपरेशन जारी राखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    मृतक उषा राईलाई सामुहिक कुटपिट गर्ने ४ जना आरोपित प्रहरीले सार्वजनिक गऱ्यो (भिडियो सहित)

    धरान –  धनकुटा घर भएकी एकल महिला धरान वडा नं. १३ स्थित डेरी गरी बस्ने...

    कुवेतमा तीन किरातीद्वारा आयोजित उधौली साकेला कार्यक्रमको सम्पुर्ण तयारी पुरा

    कुवेत – कुवेतका तिन किराती संस्था किरात याक्थुङ चुम्लुङ कुवेत, किरात राई यायोक्खा कुवेत र...

    प्रधानमन्त्रीलाई प्रकाशमानको ध्यानाकर्षण पत्र: मेलम्ची आयोजनालाई दिर्घकालीनरुपमा अगाडि बढाइयोस्

    काठमाडौं। नेपाली कांग्रेस नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहले मेलम्ची आयोजनालाई...

    लुम्बिनी मुख्यमन्त्री कार्यालयका फर्निचर रातारात पुर्‍याइयो दाङ

    बुटवल। स्थायी पूर्वाधार बनाएर लुम्बिनी प्रदेशका मन्त्रालय दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको...

    नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले जनवरी ६ मा कार्यक्रम गर्ने

    कुवेत – नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले आगामी ६ जनवरी २०२३ मा नेपालबाट अतिथि...

    Only In USA