News Portal

खोटाङको तुवाचुङमा गुडिरहेको बसमा आगो लाग्यो

हिमालीसंचार संवाददाता
५१८ पटक

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटेमा गुडिरहेको सार्वजनिक बसमा एक्कासी आगो लाग्दा बस पुर्ण रुपमा जलेर नष्ट भएको छ।

शनिबार दिउँसो एक्कासी गुडिरहेको बा ३ ख ८९८१ नम्बरको सार्वजनिक बसमा एक्कासी आगो लाग्दा बसमा सवार यात्रुले भागेर ज्यान जोगाएका छन्। उपत्यकाबाट दशैंतिहार मनाउन घर फर्किएका करिब ४० यात्रु सवार रहेको बसमा अचानक आगो सल्किएको हो । गुड्दागुड्दै बसमा अचानक आगो बल्न सुरु भएपछि बसमा सवार यात्रुको भागाभाग भएको थियो ।

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटेमा घटना भएको खबर पाएपछि च्यास्मीटारका प्रहरी टोली घट्नास्थल पुगेका थिए। बसमा आगलागी हुदा यात्रुका दशैंतिहार मनाउनका लागि ल्याइएका सामान तथा नगद जलेर नष्ट भएको स्थानीयले बताए। 

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...