News Portal

चाडपर्वमा ग्रामीण यात्रुको समस्याः किलोमिटरको होइन गन्तव्यको भाडा तिर्नु पर्ने बाध्यता

स्थानीय सरकारले कच्ची सडक स्तरोन्नति नगर्दा समस्या

हिमालीसंचार संवाददाता
२७१ पटक

ग्रामीण भेग तर्फ जाने प्रायः सबै सडक कच्ची छन् । बर्खाको बेला भत्किएका सडक मर्मत नहुँदा ठूला सवारी गुड्न सक्दैनन् । दशैमा यात्रुको चाप बढेका बेला ग्रामीण सडकमा चल्ने साना सवारी साधनले मनोमानी भाडा असुली रहेका छन्।

ग्रामिन भेगका उकालो–ओरालो र घुम्तीमा यात्रुवाहक बस जान सक्दैनन् । त्यसैको मौका छोपेर निजी नम्बर प्लेटका बोलेरो जिपहरुले समेत मनोमानी भाडा असुलेको गुनासो यात्रुले गरिरहेका छन् । चालकसहित छ जनाको सिट क्षमता भएका सवारीले १५ जनाभन्दा बढी यात्रु बोक्ने गरेका छन् । चाडपर्व नजिकिएसँगै निजी सवारी साधनले यात्रुसँग असुल्ने भाडाको त झनै कुरा गरिसक्नु छैन ।

ग्रामिन भेग तर्फ जाने यात्रुको लोड त छँदैछ त्यसमाथि खाद्यान्न, लत्ताकपडालगायतका सामानको लोड पनि उस्तै हुन्छ । यसरी नै जोखिम मोलेर यात्रा गर्न यात्रु पनि बाध्य छन् । पूर्वको धरान भानुचोकदेखि निजी जिप चढेर खोटाङ बाक्सिला जाँदै गरेका यात्रु दिलकुमार राई भन्छन्, “बाटो अप्ठ्यारो छ, सबैलाई सामान बोक्नैपर्छ । जिपले मनलाग्दी भाडा उठाउँछ। सुमो चलेपनी सिमित सिटका कारण टिकट पाईन्दैन। त्यसैले बाध्य भएर चर्को भाडा तिरेरै यात्रा गर्न बाध्य छौँ।” ग्रामिन भेगका लागि किलोमिटरको हिसाब हुदैन, गन्तव्यसम्मको एकमुष्ट हिसाब हुन्छ। 

यातायात व्यवस्था विभागको भाडादर हेर्ने हो भने कच्ची, हिलेधुले र पहाडी बाटोमा प्रतिकिलोमिटर पाँच रुपैयाँ ५० पैसा भाडादर छ । पछाडि र छतमा समेत टनक्कै सामान कोचेर हिँड्ने सवारी साधनका कारण जोखिमपूर्ण त छँदैछ चर्को भाडा तिर्नु यात्रुको बाध्यता पनि छ । “कच्ची सडकमा यात्रुबाहक बस जान सक्दैनन्। साना गाडी नचढे हिँड्नुको विकल्प छैन।”

यस्ता बोलेरोसँग बाटो इजाजतपत्र हुँदैन । क्षमताभन्दा तेब्बरसम्म लोड बोक्छन् । टनक्कै सामानमाथि छतमा र पछाडिको भागमा समेत मान्छे झुन्ड्याएर यात्रा गराइरहेका छन् । ग्रामीण बस्तीमा जाने बोलेरो जिपले जोखिमपूर्ण यात्रा गराइरहँदा ट्राफिक प्रहरी निरीह छन् । दुर्घटना भइहाल्यो भने आउने समस्याको चालकले ख्यालै गरेका हुँदैनन् । चालक भने कच्ची सडकमा जोखिम मोल्न परेकै कारण भाडादर महँगो लिनुपरेको बताउँछन् । 

एउटा जिपले १५ देखि १७ जनासम्म यात्रु बोक्छ । त्यसमा खाद्यान्न, लत्ताकपडा लगायतका सामान पनि उत्तिकै हुन्छ । जोखिमपूर्ण तरिकाले यात्रु ओसारपसार गरेर चर्को भाडा उठाएको विषयमा आधिकारिक यातायात व्यवसायी प्रालि पनि अनभिज्ञ नै छन् । निजी सवारीले चर्को भाडा उठाएर जोखिमपूर्ण यात्रा गराइरहेको देखे पनि कसैले बोल्न सकेका छैनन् ।

स्थानीय सरकारले बिग्रिएका कच्ची सडक स्तरोन्नति गरेर ठूला बस सञ्चालनमा ल्याउनेतर्फ ध्यान दिएको देखिँदैन । दसैँ सुरु भएदेखि झनै यस्ता साना सवारीको मनोमानी बढेको छ । बर्खाको बेला बाटो खराब छ भन्दै महँगो भाडा उठाउँदै आएका सवारी साधनले चाडपर्वमा यात्रुको चाप बढेसँगै अनेकन बहानामा भाडा बढाएको गुनासो यात्रुले गरेका छन् ।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...