News Portal

सप्तरङ्गी कार्यक्रमको पहिलो बार्षिक उत्सब भव्य रुपमा सम्पन्न

हिमालीसंचार संवाददाता
२६१ पटक

सोलुखुम्बु  -सोलुखुम्बुको लिखुपिके गाउँपालिका बाट संचालन हुँदै आएको सप्तरङ्गी कार्यक्रमको पहिलो बार्षिक उत्सब भव्य रुपमा सम्पन्न भएको छ। सप्तरङ्गी कार्यक्रम गत बर्ष फुलपातिको दिनबाट सुरुवात भएको थियो।उक्त सप्तरङ्गी कार्यक्रम समर्पण सञ्चार प्रा.लि मार्फत सञ्चालन हुदै आएको समर्पण सञ्चार प्रा.लिका अध्यक्ष विष्णु खड्काले हिमालि संचार प्रतिनिधि पुष्कर खड्कालाई जानकारी दिनु भयो।

अध्यक्ष खड्काले दिएको जानकारी अनुसार नवप्रतिभालाई प्रोत्साहान अग्रजलाई सम्मान गर्दै उज्यालो लिखुपिके उज्याल्यो नेपालको अभियानलाई सार्थकता दिँदै सञ्चालित कार्यक्रम सप्तरङ्गीको पहिलो बार्षिक उत्सब भव्य रुपमा सम्पन्न भएको कार्यक्रमका संचालक विष्णु खड्काले जानकारी दिनु भयो।उहाँको जानकारी अनुसार सप्तरङ्गी कार्यक्रम लिखुपिके गाउँपालिकाको समिक्षा हलमा आज भव्य रुपमा सम्पन्न भएको हो। सो कार्यक्रमा लिखुपिके गाउँपालिकाकी अध्यक्ष मिना बस्नेत कार्कीले उद्घाटन गर्नु भएको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मिना बस्नेत कार्कीले कार्यक्रम सप्तरङ्गी लिखुपिकेको मात्रै नभएर सोलुखुम्बु जिल्लाकै एक चिनारी भएकाले यस कार्यक्रमलाई ब्यक्तिगत तर्फबाट र समग्र गाउँपालिकाको तर्फबाट सगरमाथाको उचाई पुर्याउन सक्दो सहयोग गर्ने बताउनुभयो।त्यसैगरी वडा नं- ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेतले सो कार्यक्रममा बोल्दै सप्तरङ्गी कार्यक्रम स्थापना सँगै लुकेर बसेका हरेक समुदाय भाषाभाषीको संस्कृति संरक्षणमा समेत थप सहयोग तथा टेवा पुग्ने बताउनुभयो।सप्तरङ्गी कार्यक्रममा वडा सदस्य तथा बिभिन्न संघ सँस्थाका प्रमुख एंवम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थिति दर्शक तथा श्रोताहरुले सप्तरङ्गीको उत्तरउत्तर प्रगतीको शुभकामना ब्यक्त गरेका थिए। सोलुखुम्बु जिल्लाको पनि एक बिगट गाउँपालिका लिखुपिके गाउँपालिकाबाट यो कार्यक्रम सञ्चालनमा आउनु कम चुनौती नभएको अधिकांश उपस्थितिहरुको भनाई रहेको थियो। राष्ट्रिय रुपमा कलाकारितामा र पत्रकारितामा नाम चिनाईसकेका यस क्षेत्रका कलाकार तथा पत्रकार बिष्णु खड्काले यो कार्यक्रम गर्ने आँट गरेकोमामा पत्रकार खड्का सँधै धन्यवादको पात्र बन्ने गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले बताउनु भयो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...