News Portal

मोरङको कानेपोखरीमा धिमाल समुदायको अन्तरक्रिया कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
३१३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको कानेपोखरी गाउँपालिका वडा नं ५ स्थित धिमल समुदायले गाउँपालिका स्तरिय विषय एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

धिमाल समुदायको ऐतिहासिक थानथापर सिंह महाराज ग्राम थान जहदाको प्रांगणमा कानेपोखरी धिमाल विकास केन्द्रको आयोजनामा सम्पन्न गरेको हो। कार्यक्रमको मुख्य उदेश्य भनेको धिमाल समुदायको हकअधिकार तथा स्थानीय सरकारबाट पाउने सेवा सुविधा लगायतको विषयमा केन्द्रित हुदै जोड दिएको थियो।

धिमाल जाति एक सोझा जात र शिक्षाको पहुजबाट समेत पछीपरेका समुदाय भएको हुनाले यसको निम्ति गाउँपालिकाले छुट्टै ब्यवस्था मिलाउने विषयमा समेत छलफल भएको थियो। क्रार्यक्रमको प्रमुख अथिति अधिकारीले धिमाल समुदायका लागि प्रत्येक वर्ष केही महत्वपूर्ण कामहरु गरिरहेका बताए। 

पालिका संग जोडिएका साथीहरुले गाउँपालिकाबाट विभिन्न स्तर अनुसारको सिपमुलक तालिम गोष्ठीहरुमा सहभागिता जनाउन समेत भनेका थिए भने केही स्थानमा धिमाल सामुदायीक भवन तथा ग्राम थान समेत निर्माण गरेको बताए। 

धिमाल समुदायका महिला दिदी बहिनीहरुका लागि आवश्याक सिप मुलक तालिम जस्तै पेटानी बनाउने तालिम कृषिका लागि ४ माउ बाख्रा तथा सुङ्गगुर पाले गोठ सुधार कार्यक्रम मार्फत रकम समेत दिने वताए।

कानेपोखरी गाउँपालिकालाई ७ बुदे पत्र धिमाल जातिय विकास केन्द्र कानेपोखरीका अध्यक्ष प्रकाश धिमालले कार्यक्रम मार्फत पालिकालाई धिमालहरु प्रति गम्भीरता हुन आग्रह गर्दै ध्यनाआकर्षण पत्रसमेत बुझाएको थियो।

कार्यक्रम कानेपोखरी धिमाल समुदायका अध्यक्ष प्रकाश धिमालको अध्यक्षतामा संचालन भएको थियो भने कानेपोखरी गाउँपालिका स्थानीय सरकार उपप्रमुख भोलाप्रसाद अधिकारीको प्रमुख आथित्यता रहेको थियो।  

धिमाल केन्द्रिय परिषदका वरिष्ट उपाध्यक्ष केदार धिमालको विशिष्ट अथिति रहेको कार्यक्रममा विभिन्न टोलबाट समेत आथितिहरुको सहभागिता रहेको कार्यक्रममा धिमाल समुदायका ७० जना भन्दा धेरै धिमालहरुको सहभागिता रहेको कानेपोखरी धिमाल समुदायका सचिव अनिल धिमालले कार्यक्रम संचालन गरेका थिए। 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...