News Portal

गायिका सुस्मिताको डेंगु संक्रमणका कारण निधन

हिमालीसंचार संवाददाता
३५५ पटक

खोटाङ – खोटाङकी उदीयमान गायीका सुष्मिता राईको डेंगु संक्रमणका कारण निधन भएको छ । डेंगुको संक्रमणपछि काठ्माडौं स्थित पाटन अस्पताल भर्ना भएकी गायीका राईको उपचारका क्रममा बुधबार निधन भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका- ५ दुर्छिमकी गायीका राईलाई मिर्गौला, कलेजो र फोक्सोमा समेत गम्भीर संक्रमण देखिएको थियो । लाईभ भिडियोमार्फत निको हुनका लागि प्रार्थना गरिदिन आग्रह गरेकी केही घण्टापछि सुष्मिताको निधन भएको हो । गायीका राईको निधनपछि नौ महिनाको बच्चाको विचल्नी भएको छ ।

उनी जन्मेको ६ वर्षमै दुबै दृष्टि गुमाएकी गायीका राई खोटाङबाट काठ्माडौं पुगेर सांगीतिक क्षेत्रमा भविष्य बनाउन संघर्षरत थिईन् । छोटो समयमै दर्शक श्रोताको मन जित्न सफल गायीका राईले सर्वप्रिय गायक राई इज किङ राजेशपायल राई लगायत संग गीत गाइसकेकी थिईन्। सांगीतिक क्षेत्रमा जिल्लामै संघर्ष गरेकी राई एसइई उत्तिर्णपछि काठ्माडौं पुगेकी हुन्। 

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...