News Portal

तेह्रथुम जिल्लाका ४६७ जना उम्मेदवारलाई जरिवाना गर्ने आयोगको निर्णय

१ लाख ५० हजाद देखि ३ लाख ५० हजार सम्म जरिवाना तोकिएको छ

हिमालीसंचार संवाददाता
५४६ पटक

अविन माबो/तेह्रथुम – तेह्रथुम जिल्लाको स्थानीय तहबाट उम्मेदवार दिएका उम्मेदवारले निर्वाचन खर्च विवरण अझैसम्म बुझाएका छैनन्। तेह्रथुम जिल्लामा ४ सय ६७ जना उम्मेदवारलाई आयोगले जरिवाना गर्ने निर्णय गरेको छ।

आयोगले निर्वाचन खर्च बुझाउन पटक–पटक सूचना प्रकाशित गर्दा पनि उम्मेदवारले नबुझाएकाले आयोगले जरिवाना गर्ने निर्णय गरेको जनाइएको छ। निर्वाचन खर्च नबुझाउने उम्मेदवारबाट ८ करोड ६० लाख ५० हजार राजस्व सङ्कलन हुने उक्त कार्यालयले जनाएको छ।

आयोगले छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बू र उपाध्यक्ष तारा खरेललाई गत स्थानीय तहको निर्वाचनमा भएको खर्चको विवरण नबुझाएको भन्दै ३ लाख ५० हजार जरिवाना गरेको छ। छथरमा अध्यक्ष तर्फका दुई र उपाध्यक्ष तर्फका दुई उम्मेदवारलाई  पनि जरिवाना बुझाउन भनिएको  छ।  

आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिम, उपाध्यक्ष वलीराज इङनामसहित ८५ उम्मेदवारलाई जरिवाना तोकिएकामा अध्यक्षका चार र उपाध्यक्षका ६ जना रहेका छन्। फेदाप गाउँपालिकामा अध्यक्षमा पराजित उम्मेदवार हरिप्रसाद चोङ्वाङ लिम्बू र उपाध्यका दुई पराजित उम्मेदवारलाई पनि जरिवाना तोकिएको छ।

त्यस्तै, मेन्छ्याम गाउँपालिकामा निर्वाचित अध्यक्ष यामप्रसाद खापुङसहित प्रतिस्पर्धी अन्य तीन उम्मेदवार र उपाध्यक्ष गीतादेवी तिमिल्सिनासहित अन्य दुई जनालाई जरिवाना तोकिएको छ।

त्यस्तै, म्याङ्लुङ नगरपालिकामा पराजित तीन प्रमुखका उम्मेदवार दुई उपप्रमुखका तथा लालीगुराँस नगरपालिकाका निर्वाचित प्रमुख अर्जुनबहादुर मावुहाङसहित चार र उपप्रमुखमा निर्वाचित जमुना कार्की मगरसहित तीन जनालाई पनि जरिवाना तोकिएको छ। निर्वाचन खर्च नबुझाउने गाउँपालिकाको प्रमुख र उपप्रमुखलाई ३ लाख ५० हजार र वडाध्यक्ष तथा सदस्यलाई १ लाख ५० हजार जरिवाना तोकिएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...