News Portal

  • तेह्रथुम जिल्लाका ४६७ जना उम्मेदवारलाई जरिवाना गर्ने आयोगको निर्णय

    १ लाख ५० हजाद देखि ३ लाख ५० हजार सम्म जरिवाना तोकिएको छ

    हिमालीसंचार संवाददाता
    ४३३ पटक

    अविन माबो/तेह्रथुम – तेह्रथुम जिल्लाको स्थानीय तहबाट उम्मेदवार दिएका उम्मेदवारले निर्वाचन खर्च विवरण अझैसम्म बुझाएका छैनन्। तेह्रथुम जिल्लामा ४ सय ६७ जना उम्मेदवारलाई आयोगले जरिवाना गर्ने निर्णय गरेको छ।

    आयोगले निर्वाचन खर्च बुझाउन पटक–पटक सूचना प्रकाशित गर्दा पनि उम्मेदवारले नबुझाएकाले आयोगले जरिवाना गर्ने निर्णय गरेको जनाइएको छ। निर्वाचन खर्च नबुझाउने उम्मेदवारबाट ८ करोड ६० लाख ५० हजार राजस्व सङ्कलन हुने उक्त कार्यालयले जनाएको छ।

    आयोगले छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बू र उपाध्यक्ष तारा खरेललाई गत स्थानीय तहको निर्वाचनमा भएको खर्चको विवरण नबुझाएको भन्दै ३ लाख ५० हजार जरिवाना गरेको छ। छथरमा अध्यक्ष तर्फका दुई र उपाध्यक्ष तर्फका दुई उम्मेदवारलाई  पनि जरिवाना बुझाउन भनिएको  छ।  

    आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिम, उपाध्यक्ष वलीराज इङनामसहित ८५ उम्मेदवारलाई जरिवाना तोकिएकामा अध्यक्षका चार र उपाध्यक्षका ६ जना रहेका छन्। फेदाप गाउँपालिकामा अध्यक्षमा पराजित उम्मेदवार हरिप्रसाद चोङ्वाङ लिम्बू र उपाध्यका दुई पराजित उम्मेदवारलाई पनि जरिवाना तोकिएको छ।

    त्यस्तै, मेन्छ्याम गाउँपालिकामा निर्वाचित अध्यक्ष यामप्रसाद खापुङसहित प्रतिस्पर्धी अन्य तीन उम्मेदवार र उपाध्यक्ष गीतादेवी तिमिल्सिनासहित अन्य दुई जनालाई जरिवाना तोकिएको छ।

    त्यस्तै, म्याङ्लुङ नगरपालिकामा पराजित तीन प्रमुखका उम्मेदवार दुई उपप्रमुखका तथा लालीगुराँस नगरपालिकाका निर्वाचित प्रमुख अर्जुनबहादुर मावुहाङसहित चार र उपप्रमुखमा निर्वाचित जमुना कार्की मगरसहित तीन जनालाई पनि जरिवाना तोकिएको छ। निर्वाचन खर्च नबुझाउने गाउँपालिकाको प्रमुख र उपप्रमुखलाई ३ लाख ५० हजार र वडाध्यक्ष तथा सदस्यलाई १ लाख ५० हजार जरिवाना तोकिएको हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ७ गतेको राशिफल

    आज कार्तिक ७, २०८२ (अक्टोबर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    आज २०८२ साल कार्तिक ६ गतेको राशिफल

    आज कार्तिक ६, २०८२ (अक्टोबर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओलीको जलेको घर मर्मत नहुने, गुण्डुमा ‘ओली कुटी’ बनाइने

    काठमाडौं, कार्तिक ५ – नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित जलेको घर...

    छठ पूजाका लागि सुप्पा बनाउन व्यस्त

    रविन्द्र बराल/ मोरङ, कार्तिक ५ – हिन्दु धर्मावलम्बीहरूको तेस्रो महान पर्व छठ नजिकिँदै जाँदा पर्वमा प्रयोग...

    भक्तपुरका दुईथरी ‘थ्रेट’मा सरकारको निगरानी कडा

    काठमाडौं, कार्तिक ५ – गृह मन्त्री ओमप्रकाश अर्यालले भक्तपुरका दुईथरी ‘थ्रेट’लाई नियन्त्रण गर्न सरकारले कडाइका...