News Portal

  • मोरङको रंगेलीमा चाडपर्व शुरु भएपनी मुख्य बजार सुनशान

    हिमालीसंचार संवाददाता
    ४४९ पटक

    रबिन्द्र बराल/मोरङ – चाडपर्व सुरु भएपनी रंगेली बजार सुनसान देखिएको छ। नेपालीहरुको महान चाड विजया दशमीको रौनक शुरु भएता पनी मोरङको रंगेली नगरका मुख्य बजार क्षेत्रहरुमा चहलपहल भने सुनशान देखिएको छ। 

    चाडपर्वहरुमा व्यापारीका लागि आम्दानीका उर्बर समय मानिए पनी व्यापार ठप्प भएपछि व्यापारिका लागि बैंक, वित्तिय संस्थाहरु संग लिएका ऋण तिर्न मुस्किल भइरहेको शैलुन व्यवसायी बेजनाथ ठाकुरले दुखेसो पोखे। उनले विगत  ५ बर्षदेखि रंगेलीमा शैलुन संचालन गरिरहेका छन् । 

    स्थानीय उपभोक्ताहरु बजार भाउ नेपालमा भन्दा भारतमा सस्तो हुने भएकाले भारतको कुवाडी र जोगबनी बजार जाने गरेका छन्। रंगेली नगरबाट करिब ३५ किलोमिटर टाढा रहेको भारतीय बजार जाने गरेका कारण स्थानीय बजार सुनशान भएको हो । नेपालीहरुको महान चाड दशैँ, तिहार तथा छठ पर्व लगायतका चाडपर्व सुरु भएपनि रंगेली बाजार अझै सुनसान रहेको छ। 

    कोरोना महामारीका कारण बन्द रहेको भारतीय सिमा नाकाहरु खुल्ला भएपछि स्थानीयहरुले आवश्याक समान भारतीय बजारबाट खरिद गरेका कारण रंगेलीका मुख्य बजार सुनशान देखिएको हो। मोरोङको रंगेली, डाईनिया, कर्सिया र आमबाडी लगायतका मुख्य बजार सुनशान छ। 

    स्थानीय कपडा व्यापारी विनोद मण्डलका अनुसार विगतका तुलनामा यस बर्षको व्यापारमा मन्दि आएको बताउछन्। बैंकहरुले ऋण प्रवाह नगर्ने व्याज मात्र असुल गरिरहने भएका कारण पनी पुजी अभावका कारण स्थानीय बजार सुनशान भएको बताउछन् । चाडपर्वको समयमा अत्यवश्याक समानहरु कपडा, जुत्ता-चप्पल लगायद सामान आपुर्ती गर्न नसक्दा व्यापारमा भारी गिरावट आएको हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...