News Portal

रामेछापको लिखु तामाकोसी गाउँपालिका धोबिमा बिरामी बालिकामाथि डाक्टरबाटै यौन दुर्ब्यवहार (भिडियो )

हिमालीसंचार संवाददाता
२५९ पटक

पुष्कर खड्का – रामेछाप रामेछापमा डाक्टरलेनै एक बिरामी बालिकामाथि यौनदुर्ब्यवहार गरेको छन्।लिखु तामाकोसी गाउँपालिका धोबिस्तिथ झट्टेश्वर उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक बिरामी बालिकालाइ धोवी बजारमा रहेको डिभाइन मेडिकल एण्ड हेल्थ क्लिनिकका डाक्टरले यौनदुर्ब्यवहार गरेको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार शुक्रबार बिधालयमा साथी साथी बिच सामान्य झैझगडा भएर उपचारको लागि उक्त मेडिकलमा भर्ना भएका बिरामीलाई रातीको समयमा डिभाइन मेडिकलका डाक्टरले उपचारकक्षमा बालिकाको संवेदनशील अंगमा पटक – पटक छुदै यौनदुर्ब्यवहार गरेपछी बालिका चिच्याउदा बालिकाका बुबाले थाहा पाएपछी घटना सार्बजनिक भएको हो ।

बिरामी बालिकाका बुबा उक्त मेडिकलमा एक्लै रहेको र अाफुले केही गर्ने नसक्ने भए पछि आफन्तको घरमा राति ९ बजे हारगुहार गर्न पुगेको स्थानीयले बताएका छन् ।उक्त घटनाको सनिवार बिहान स्थानीय र डाक्टरबिच छलफल गर्दा डाक्टरले आफ्नो गल्ती भएको स्विकारेका थिए । उक्त मेडिकलका डाक्टरले घटनालाई यहीँ छिनोफानो गरौं बाहिर नलैजाउ भनेपछी स्थानीय राजनीति दलका नेताहरुको मिलेमतोमा घटनालाई ढाकछोप गर्ने दबाब दिएको स्थानीयको आरोप छ।

उक्त घटनाको बारेमा जिल्ला प्रहरी कार्यालयमा उजुरी नपरेको प्रहरी नायब उपरीक्षक राजकुमार थिङ्ले जानकारी दिनु भयो । उहाँको जानकारी अनुसार घटनाको बारेमा अनुसन्धान गर्ने ईलाका प्रहरी कार्यालय धोबिलाई निर्देशन दिएको प्रहरीले जनाएको छ । बाकी भिडियोबाट

 

https://youtu.be/LVZc6UsUWvk

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...