News Portal

भोजपुर खार्तम्छाकी रत्नमायाको उपचारका लागि वडाध्यक्ष राईले गरे अपील

हिमालीसंचार संवाददाता
८९३ पटक

भोजपुर – भोजपुर जिल्ला षडानन्द नगरपालिका वडा नम्बर ३ खार्तम्छाकी रत्न माया तामाङको आर्थिक अबस्था कमजोर भएका कारण उपचारमा समस्या भइरहेको हुदा षडानन्द नगरपालिका वडा नं. ३ का वडाध्यक्ष साङदेम्बा राईले उपचारका लागि सबैसंग आर्थिक सहयोगका लागि अपील गरेका छन् ।

वडाध्यक्ष राईले सामाजिक संजाल फेसबुक मार्फत पाठेघर पिडीत तामाङको स्वास्थ्य अबस्थाको जानकारी सहित आर्थिक सहयोगका लागि अनुरोध गरेका हुन्। नगरपालिकाकी उपमेयर प्रमिला राई, कार्यपालिका सदस्य मन्दिप रसाइली र कुन्ती राईको पहलमा ४ हजार १ सय आर्थिक सहयोग संकलन गरेर पाठेघर पिडीत तामाङको दिङलामा स्वास्थ्या परिक्षण गरिएको वडाध्यक्ष राईले हिमालीसंचारडटकमसंग बताए। 

वडाध्यक्ष राईका अनुसार पाठेघर पिडीत तामाङको आर्थिक अबस्था नाजुक भएका कारण उपचार हुन नसकेको समेत बताए। सामाजिक अभियन्ता समेत रहेका वडाध्यक्ष राईले यो पिडालाई आफ्नै पिडा महसूस गरी भावनामा डुब्दै आर्थिक अभावका कारण पिडासंग एउटी गरीब चेली छट्पाई रहेकी तामाङको उपचारका लागि आर्थिक सहयोग गर्न अनुरोध गरेका वडाध्यक्ष राईले उपमेयर प्रमिला राई, कार्यपालिका सदस्य मन्दिप रसाईली र कुन्ती राई लगायत सहयोगी सबैमा धन्यबाद सहित आभार व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...