News Portal

मुग्लिन पुलबाट हाम फालेर दोलखाका बैतेश्वरका घिमिरे बेपत्ता

हिमालीसंचार संवाददाता
३८० पटक

पुष्कर खड्का रामेछाप मुग्लिन पुलबाट हाम फालेर एक युवक बेपत्ता भएका छन्। चितवनको इच्छाकामना गाउँपालिका वडा नं–५ स्थित चितवन र तनहुँ जोड्ने पुरानो पक्कीपुलबाट हाम फालेर दोलखाका एक युवक बेपत्ता भएका हुन्।बेपत्ता हुनेमा दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर २ (साविक गैरीमुदी ९) का २७ वर्षिय निराजन घिमिरे नदीमा हामफालेर बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार बागमती प्रदेश ०२–०३१ प ५२१४ नम्बरको मोटरसाइकलमा आएका युवाले मोटरसाईकल पुलमा छाडेर झोला मोटरसाइकल माथि राखेर पुलबाट नदिमा हाम फालेको बताएका छन् ।

मोटरसाईकलमा उनको झोला ,सवारी चालक अनुमति-पत्र र सुसाईट नोट भेटिएको
मुग्लिन प्रहरीले प्रहरीले बताएको छ । मुग्लिन प्रहरीका अनुसार (शुक्रबार) साँझ ५ः३० बजेको समयमा घट्ना भएको हो । बेपत्ता भएको घिमिरेको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...