News Portal

सिन्धुपाल्चोकमा कार दुर्घटना, दोलखाका २ सहित ४ जना सामान्य घाइते

हिमालीसंचार संवाददाता
२८५ पटक

पुष्कर खड्का/रामेछाप – काठमाडौंबाट चौतारा तर्फ आउँदै गरेको कार सिन्धुपाल्चोकमा दुर्घटना भएको छ । बा ४ च ५६ ७७ नम्बरको सुजुकी कार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ पोखरीस्थित चौतारा बन्देउ सडकखण्डमा दुर्घटना भएको हो ।

कार दुर्घटनामा दोलखाका २ जना सहित ४ जना सामान्य घाइते भएका छन् । दुर्घटनामा परी घाइते हुनेमा दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ का २८ वर्षिय सोनाम तमाङ, २२ वर्षिय राजेश तमाङ र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर २ का ४२ वर्षिय बसन्त गिरी र प्रतिमा गिरी घाइते  भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी शिव बुढाथोकीले जानकारी दिए । 

डिएसपी बुढाथोकीले दिएको जानकारी अनुसार दुर्घटनामा परी घाइते हुनेहरुको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । कार सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...