News Portal

काठमाडौँमा नक्कली प्रहरी बनेर लुटपाट गर्नेे रामेछापका मिनबहादुर सहित ३ जना पक्राउ

हिमालीसंचार संवाददाता
२८८ पटक

पुष्कर खड्का-   रामेछापको एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँमा नक्कली प्रहरी बनेर लुटपाट गर्नेे रामेछापको सुनापाती गाउँपालिका -१ का मिन बहादुर तितुङ (रोहित) सहित ३ जना पक्राउ परेका छन् । काठमाडौँको ठमेलमा संचालित ओरियण्टल मनी एक्सचेन्जका कर्मचारीलाई आफूहरु प्रहरी हो भन्दै लुटपाट गर्ने तितुङ सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछापको सुनापाती गाउँपालिका – १ नम्बर वडा स्थायी घर भई कपन बस्ने २० वर्षीय मिन बहादुर तितुङ (रोहित), भोजपुरको रामप्रसाद राई गाउँपालिका -१ नम्बर स्थायी ठेगाना भई हाल भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय योगेन्द्र तामाङ र सिन्धुलीको मरिण गाउँपालिका -३ नम्बर स्थायी ठेगाना भई कपन बस्ने ३० वर्षीय देव लामा रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार गत २२ गते राती ७ बजेको समयमा मनी एक्सचेन्ज पसल बन्द गरी कोठा जाने क्रममा म्हैपी पानी ट्यांकी नजिकै पुग्दा ३ वटा मोटरसाईकलमा आएका ५ जना अपरिचित व्यक्तिहरूले आफूहरू प्रहरी हुँ भन्दै मोटरसाइकलमा जवरजस्ती राखी म्हैपी, सोहखुट्टे, खुसिबु हुँदै शोभा भगवतीको पुल मुनिबाट डल्लु पुर्याई हातपात गरी साथमा रहेको नगद ३० लाख २३ हजार २०८ रुपैँया, आईफोन मोबाईल, लाईसेन्स र ब्लु बुक समेत रहेको झोला लुटेर फरार भएका थिए ।

लुटपाट गरि फरार भएका मिन बहादुर तितुङ (रोहित) सहित ३ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलको विशेष अनुसन्धान टोलीले काठमाडौँ कपनबाट घटनामा प्रयोग गरेका तीन वटा मोटरसाइकल सहित बुधबार पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनालाई अपहरण तथा डाँका चोरी कसुर मुद्दामा थप अनुसन्धान तथा कारवाहिको लागि बिहिबार जिल्ला प्रहरी परिसर, टेकु पठाईएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान तथा अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...