News Portal

नेपाल बैंकले बचत तथा मुद्दति खातामा आकर्षक व्याजदर

हिमालीसंचार संवाददाता
३०३ पटक

काठमाडौं – नेपालको पहिलो बैंक नेपाल बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ। बैंकले शुक्रबार नयाँ व्याजदर सार्वजनिक गरे अनुसार बैंककले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म व्याज दिने उल्लेख गरिएको छ।

यस्तै, मुद्दतिमा अधिकतम १३.१३ प्रतिशतसम्म व्याज तोकेको छ । यसमा ब्यक्तिगतमा १२.१३ प्रतिशत र संस्थागतलाई १०.१३ र रेमिट्यान्सलाई १३.१३ सम्मको व्याजदर तोकेको जनाएको छ ।

अधिकतम व्याजदर पाइने बचत खाताहरु: कर्मचारी स्यालरी सेभिङ खाता- ९.१३ प्रतिशत, नारी सम्मान बचत खाता –  ९.१३ प्रतिशत, पायनियर बचत खाता – ९.१३ प्रतिशत, युवा बचत खाता –  ९ .१३ प्रतिशत र रेमिट्यान्स बचत खाता – १०.१३ प्रतिशत सार्वजनिक नयाँ ब्याजदर असोज १ गतेदेखि लागू हुने जनाएको छ । 

हाल चुक्ता पूँजी १४ अर्ब ४० करोड ५९ लाख रुपैयाँ रहेको यस बैंकले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२९ प्रतिशतले नाफा बढाउन सफल भएको थियो । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको हो । सो अवधिमा बैंकले एक खर्ब ९६ अर्ब ६ करोड ३९ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ७१ अर्ब ७९ करोड ७५ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

नेपाल बैंकको नेपालभर २१९ शाखाहरू, १८६ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्‍याइरहेको छ । बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको छ ।

विस्तृतमा हेर्नुहोस् नयाँ व्याजदर:

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...