News Portal

वर्किङ भिषामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने सोलुखुम्बुका कार्की पक्राउ

हिमालीसंचार संवाददाता
२९३ पटक

पुष्कर खड्का रामेछाप – सोलुखुम्बुका एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा सोलुखुम्बु जिल्लाको दुधकोशी गाउँपालिका– २ घर भई काठमाडौं कागेश्वर मनोहरा नगरपालिका काडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका कार्कीले युके पठाइदिन्छु भन्दै केही व्यक्तिहरुलाई वर्किङ भिषामा युकेलगायतका देशहरुमा रोजगारीको लागि पठाइदिन्छु भन्दै पीडितहरूबाट नगद १३ लाख ४६ हजार रुपैयाँ लिएर सम्पर्क बिहीन भएका थिए।

रकम ठगी गरेर सम्पर्क बिहिन भएको कार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलिले काठमाडौं महानगरपालिका–४ धुम्वाराहीबाट बिहिवार पक्राउ गरेको हो।पक्राउ परेका कार्कीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...