आज : २०२६-०६-२०, शनिबार

वर्किङ भिषामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने सोलुखुम्बुका कार्की पक्राउ

पुष्कर खड्का रामेछाप – सोलुखुम्बुका एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा सोलुखुम्बु जिल्लाको दुधकोशी गाउँपालिका– २ घर भई काठमाडौं कागेश्वर मनोहरा नगरपालिका काडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका कार्कीले युके पठाइदिन्छु भन्दै केही व्यक्तिहरुलाई वर्किङ भिषामा युकेलगायतका देशहरुमा रोजगारीको लागि पठाइदिन्छु भन्दै पीडितहरूबाट नगद १३ लाख ४६ हजार रुपैयाँ लिएर सम्पर्क बिहीन भएका थिए।

रकम ठगी गरेर सम्पर्क बिहिन भएको कार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलिले काठमाडौं महानगरपालिका–४ धुम्वाराहीबाट बिहिवार पक्राउ गरेको हो।पक्राउ परेका कार्कीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।