News Portal

  • मोरङको रंगेली नगरपालिकाले ५८ औं बाल दिवस भव्य रुपमा मनायो

    हिमालीसंचार संवाददाता
    २३२ पटक

    भाद्र ३०, २०७९ 

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकाले  ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा एक दिने नगर स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता आयोजना गरी भव्य सम्पन्न गरेको छ। 

    आयोजित प्रतियोगितामा नगर भित्र रहेका सामुदायिक बिधालय र नीजि बिधालयहरुको सहभागी रहेको थियो । कार्यक्रममा हिज्जे तथा स्पेलिङ्ग प्रतियोगिता,  हाजिरी जवाफ प्रतियोगिता,  तुला प्रतियोगिता, विक्रय प्रतियोगिता गरिएको आयोजना गरेको  थियो । 

    नगर स्तरीय बक्तृत्वकला प्रतियोगिता पव्लिक उच्च माध्यमिक बिधालयको प्रांगणमा कार्यक्रम आयोजना गरिएको थियो। नगरले विद्यार्थीहरुको क्षमता अभिवृद्धि, ज्ञान सुधार, प्रतिष्पर्धी बनाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने यस्ता प्रतियोगिताका लागि तयारी गर्ने उदेश्यले यस हाजरी जवाफ प्रतियोगिताको आयोजना गरिएको शिक्षा शाखा प्रमुख रबिन्द्र पंण्डितले हिमालीसंचैरडटकमसंग बताए ।  

    रंगेलीका नगर प्रमुख दिलिप बगडियाले सम्पूर्ण बिद्यार्थीका चौर्तफी बिकासका लागि यस्ता कार्यक्रमको आयोजना गर्ने र आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने प्रमुख अतिथि समेत रहेका बगडियाले यसितो धारणा दिए । 

    निवन्ध प्रतियोगितामा पब्लिक माध्यमिक बिधालय प्रथम, मिनिल्याण्ड ईङ्लिङ बोर्डिङ स्कुल द्वितीय र जनप्रिय माध्यमिक बिधालय तृतीय भएका थिए। त्यसैगरी हाजिरी जवाफ प्रतियोगितामा रंजनी एकाडेमि स्कूल प्रथम, महालक्ष्मी माध्यमिक वधालय दोस्रो र जनता माध्यमिक विधालय बहुवान तृतीय भए। वक्तृत्व कलामा प्रतियोगितामा न्यू स्टार बोर्डिङ  स्कूल प्रथम र मिनिल्याण्ड इङ्लिस बोर्डिङ स्कुल द्वितीय र पार्वती माध्यमिक बिधालय तृतीय भए। त्यसैगरी हिज्जे प्रतियोगितामा ज्ञान ज्योति ईङ्लिस बोर्डिङ स्कुल प्रथम, भानु मेमोरियल एकाडेमी द्वितीय र प्रगतिशील माध्यमिक बिधालय द्वितीय भए। 

    बिजेता, उपविजेताहरुलाई कार्यक्रमको प्रमुख अतिथि रंगेली नगर प्रमुख दिलिप बगडिया, बिशिष्ठ अतिथि उपमेयर भुमा पराजुली, शिक्षा साखा प्रमुख रबिन्द्र पंडित, सशस्त्र प्रहरी बल रंगेलीका प्रमुख निगम राई र शिक्षा शाखाका सुनिल कुमार साहले पुरस्कार वितरण गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...