
काठमाडौं – नेपाल प्रहरीको साइबर ब्युरोले बच्चा चोरी हुने भनेर सामाजिक सञ्जालमा फैलाइएको प्रचार गलत रहेको प्रष्ट पारेको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले विज्ञप्ति जारी गर्दै फेसबुकलगायत सामाजिक सञ्जालमा भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्तिहरू नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरु चोरी गरी भारत लगेर मिर्गौला, आँखा लगायद शरीरका अंगहरु झिकी विक्री गर्ने गरेको भन्ने प्रचार गलत भएको स्पष्ट पारेका हुन् ।
नेपालगंजका न्यू ग्यालक्सी स्कुलले अभिभावकलाई पत्र लेखेर भारतबाट ठुलो संख्यामा बच्चा चोरेर लाने एउटा समुह नेपालमा भित्रिएको जानकारी हामीहरुलाई आएकाले, यहाहरुलाई सावधानी अपनाउदै आफ्ना बाल बालिकाहरुलाई विधालय ल्याउदा र लैजादा विशेष ध्यान दिन हुन सचेत गराएको थिए।
तर, नेपाल प्रहरीको साइबर व्यरोले त्यसबारे देशभर कुनै पनि कार्यालयमा कुनै पनि माध्यमबाट जाहेरी नपरेको र प्रहरीलाई त्यसबारे कुनै सूचना नरहेको समेत प्रष्ट पारेको छ ।
सामाजिक सञ्जालमा केही दिन पोस्टको यस्तै एउटा सूचना भाइरल बनेको थियो भने त्यसले मानिसहरुलाई आतंकित बनाएको थियो । कसैले पनि त्यस्तो भ्रामक सूचना फैलाएको जानकारी भए नजिकको प्रहरी कार्यालयमा जानकारी दिनसमेत आग्रह गरेको छ ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
