News Portal

‘बच्चा चोरी हुने भनेर विभिन्न सामाजिक संजालमा भएको प्रचार भ्रामक’ – नेपाल प्रहरी

हिमालीसंचार संवाददाता
३१० पटक

काठमाडौं – नेपाल प्रहरीको साइबर ब्युरोले बच्चा चोरी हुने भनेर सामाजिक सञ्जालमा फैलाइएको प्रचार गलत रहेको प्रष्ट पारेको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले विज्ञप्ति जारी गर्दै फेसबुकलगायत सामाजिक सञ्जालमा भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्तिहरू नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरु चोरी गरी भारत लगेर मिर्गौला, आँखा लगायद शरीरका अंगहरु झिकी विक्री गर्ने गरेको भन्ने प्रचार गलत भएको स्पष्ट पारेका हुन् ।

नेपालगंजका न्यू ग्यालक्सी स्कुलले अभिभावकलाई पत्र लेखेर भारतबाट ठुलो संख्यामा बच्चा चोरेर लाने एउटा समुह नेपालमा भित्रिएको जानकारी हामीहरुलाई आएकाले, यहाहरुलाई सावधानी अपनाउदै आफ्ना बाल बालिकाहरुलाई विधालय ल्याउदा र लैजादा विशेष ध्यान दिन हुन सचेत गराएको थिए।

तर, नेपाल प्रहरीको साइबर व्यरोले त्यसबारे देशभर कुनै पनि कार्यालयमा कुनै पनि माध्यमबाट जाहेरी नपरेको र प्रहरीलाई त्यसबारे कुनै सूचना नरहेको समेत प्रष्ट पारेको छ ।

सामाजिक सञ्जालमा केही दिन पोस्टको यस्तै एउटा सूचना भाइरल बनेको थियो भने त्यसले मानिसहरुलाई आतंकित बनाएको थियो । कसैले पनि त्यस्तो भ्रामक सूचना फैलाएको जानकारी भए नजिकको प्रहरी कार्यालयमा जानकारी दिनसमेत आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...