News Portal

मोरङको रंगेलीमा सन्थाल समुदायले मनाए छाता पर्व

हिमालीसंचार संवाददाता
४५१ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नं. ४ स्थित जनाता माध्यमिक बिधालयको प्रांगणमा बर्षौदेखि आफ्नो परम्परालाई निरन्तरता दिदै आएका समुदायले यो बर्ष पनी भव्य रुपमा छाता पर्व मनाएका छन्।

यो समुदायले बासको लिंगलाई छाताको स्वरुप बनाएरबिधिवत रुपमा विशेष पुजापाठ गर्दे ऐतिहासिक, धार्मिक सांस्कृतिक तथा पारम्परालाई जोगाउने उद्देश्यका साथ छाता पूजा गर्दे यो पर्व मनाएका हुन । छाता पर्वमा मोरङका सन्थाल समुदायले आफ्नो परम्परा अनुरुप आफ्नो मौलिक भषेभुषा सहित मौलिक नृत्य सहित मनाएका हुन्।

आयोजित कार्यक्रमको प्रमुख अतिथि  प्रदेश नं. १ का  स्वास्थ्य मन्त्री  जयराम यादव, मेला संयोजक परमेश्वर मुर्मु, विशिष्ट अथिति शारदा प्रसाद किस्कु, लखिराम मुर्मु लगायतको उपस्थिति रहेको थियो । छाता मेलामा मोरङको  रंगेली, सुनवर्सी, रतुवामाई, धनपालथान लगायतको सन्थाल समुदयका ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...