News Portal

  • मोरङको लेटाङबाट सम्पर्कबिहिन तीन जना बालिका विराटनगरमा फेला प-यो

    हिमालीसंचार संवाददाता
    ३३५ पटक

    रविन्द्र बराल/विराटनगर – मोरङ जिल्लाको लेटाङ नगरपालिकाबाट शनिबार बिहान सम्पर्कविहीन भएका तीन जना बालिका विराटनगरमा फेला परेका छन्। अभिभावकसंग सम्पर्कविहीन भएको २४ घण्टापछि उनीहरु फेला परेको प्रहरीले जनाएको छ। 

    मोरङको लेटाङ नगरपालिका वडा नं. बस्ने १३ वर्षीया रक्षा दर्नाल, लेटाङ वडा नं. ४ बस्ने १२ वर्षीया अनुष्का राई र १४ वर्षीया सविना राईलाई विराटनगर मोरङको महानगरपालिका वडा नं. १४ जतुवास्थित देवी राईको घरमा फेला पारिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

    प्रहरीले घटनाको जानकारी पाएर खोजी गर्ने क्रममा तीन जना बालिकाहरुको सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको हो। घरबाट तीन जना बालिकाहरु फुटबल हेर्न निस्केका थिए। उनीहरु अभिभावकसंग सम्पर्कविहीन भएको भन्दै आइतबार प्रहरीलाई खबर आएको श्रेष्ठले बताए।

    प्रहरीले सविनाकी आमाको घरमा बालिकालाई फेला पारिएको हो। १२ वर्षअघि आमाले दोस्रो बिहे गरेपछि सविना हजुरआमासँग मोरङको लेटाङमा बस्दै आएको डिएसपी श्रेष्ठले बताए। लेटाङबाट सम्पर्कविहीन भएका तीनैजना बालिका लेटाङको शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययरत हुन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...