News Portal

  • रंगेली नगरपालिकाको बेवास्ताका कारण नगरमा छाडा चौपाया नियन्त्रण हुन सकेन

    हिमालीसंचार संवाददाता
    २०२ पटक

    भदौ २४ शुक्रबार  २०७९

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले सडकमा छाडा चौपायाले सडक पेटी अतिक्रमण रोक्ने सम्बन्धि सूचना निकालेको दुई महिना बितिसक्दा समेत त्यसको कुनै पनि काम कार्वाही अगाडि बडाउन सकेको छैन । 

    नगरले साउन ५ गते आफ्नो आधिकारिक फेसबुक पेजमा नगरको लेटरप्यड सहितको सूचना प्रकाशित गरेको थियो । तर, भाद्र २४ गते बितिसक्दा समेत नगरको बेवास्ताका कारण हुलाकी सडकमा दैनिकी सडक दुर्घटना निम्त्याउने सम्भावना उस्तै छ ।  

    सडकमा खसी, बाख्राले सबै भन्दा बढी नगरको धर्मशाला, नेपाली टोल नगरको मुख्य बजारमा बस्ने सर्वसाधारणहरुले बिहान ६ बजेदेखि बजार तर्फ खशी-बाख्रा छाडिदिने गरेका छन । यसरी हुलाकी सडकमा दर्जनौ खसी-बाख्रा छोड्ने गरेका कारण साना तथा ठुला सवारीसाधनहरुलाई आवतजावतमा    समस्या हुने गरेको छ । 

    नगरले सिमाक्षेत्रदेखि मुख्य बजार हुदै बक्राह खोलासम्म सडकको दायाँबायाँ हरयाली बनाउने उद्घेश्यले बृक्षारोपन गरेर तारको घेराबेरा लगाएता पनि सडक पेटीमा हुर्किदै गरेका बिरुवाहरु सडकका छाडा खसी-बाख्राले खाईदिए पछि अहिले बिरुवा हुर्कन सकेको छैन । 

    सडकमा छोडिएको खुल्ला चौपायाका कारणले गर्दा गाउँ-घरमा  किसानहरुले लगाएको अन्न बालीमा समेत  नोक्सानी पुग्ने हुँदा  दैनिक गाउँ-घरमा समेत झैझगडा हुने गरेको छ । नगरले यसरी  ७ दिने सूचना प्रकाशित समेत गरेको थियो । 

    नगरको सूचनामा भनिएको छ; “छाडा चौपाया तथा सडक पेटी अतिक्रमण रोक्ने सम्बन्धि सूचना । मिति २०७९/०३/०५ यस रंगेली नगरपालिका अन्तर्गत बजार क्षेत्रको सडक पेटीमा पसल व्यवसाय संचालन गर्ने तथा छाडा पशु चौपाया जथाभावी छोड़ने जस्ता कार्य गर्नाले यस नगरपालिका भित्र दिन प्रतिदिन सडक दुर्घटना, फोहोरमैला, तथा नगर क्षेत्र भित्रका सडक पेटीका विरुवा तथा किसानहरुले लगाएको बालीनाली खाई हानी नोक्सानी पुग्ने हुँदा नगर भित्रका नगरवासी तथा किसानहरु पिडित हुने लगायतका कार्यहरु बढ्दै गएको हुनाले सूचना प्रकाशन भएको मितिले ७ सात दिन भित्र कार्य पुर्ण रुपमा रोक्नुहुन यो सूचना जारी गरिएको छ । साथै त्यसरी नगर क्षेत्र भित्र छाडा चौपाया छाड्ने र सडक पेटीमा पसल व्यवसाय संचालन गर्ने व्यक्ति वा समुहलाई प्रचलित कानून बमोजिम कारवाही गरिने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    स्वयम्भूमा बस्दै आएका चिनियाँ नागरिक डेढ करोड रुपैयाँसहित पक्राउ

    काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ...

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना...

    नारायणी नदी आसपास बाढीको खतरा : चितवन प्रहरीले माइकिङ गरी सतर्कता अपनाउन आग्रह

    चितवन, असार २४ — नारायणी नदीमा ठूलो बाढी पस्न सक्ने पूर्वानुमानसँगै चितवन प्रहरीले नदी किनार...

    तराईमा पानी नपर्दा खेत बाझै, किसान चिन्तित

    रविन्द्र बराल / मोरङ, असार २४ – मोरङको दक्षिणी भेगका कृषकहरू अहिले चिन्तामा छन् ।...

    रसुवागढी भन्सारमा बाढीको प्रकोप : मालसामान र संरचना क्षतिग्रस्त, कर्मचारी भने सुरक्षित

    काठमाडौं, असार २४ – रसुवागढी क्षेत्रमा अविरल वर्षासँगै आएको बाढीले भन्सार परिसरमा रहेका थुप्रै मालसामान...